रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष घलेले मानव बेचविखन विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । नेपाली महिलालाई कुवेत पठाउँछु भनेर उनले श्रीलङ्का पठाएको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले जानकारी दिए । उनले भने,‘उहाँविरुद्ध मानव बेचबिखनसम्बन्धी एउटा पुरानो मुद्दा रहेछ । हामीले उहाँलाई एकछिन अघि […]

जिल्ला प्रशासन कार्यालय, लमजुङले सार्वजनिक पदधारण गरेका व्यक्ति तथा पदाधिकारीलाई मदिरालगायत महँगा उपहार तथा कोसेली नलिन आग्रह गरेको छ । जिल्लामा सार्वजनिक पदाधिकारीहरुसँगको औपचारिक तथा अनौपचारिक भेटघाटमा संलग्न मदिरालगायत महँगा उपहारहरु लिनेदिने गरेको गुनासो प्राप्त भएको भन्दै सिडियो कार्यालयले यस्तो अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयलले एक सूचना प्रकाशित गर्दै आफू […]

सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । गृहका प्रवक्ता रुद्रप्रसाद पण्डितद्धारा जारी सूचनामा भोलि ईद पर्वको अवसरमा मुलुकभर सार्वजनिक बिदा दिइएको हो । गृहले आज सूचना जारी गर्दै २०७९ चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिका प्रमुख (मेयर) भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मेयर भएको अवधिमा पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनगरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । थापा प्रमुखको […]

विषय प्रवेश सार्वजनिक स्रोत र शक्तिको प्रयोग गरी सार्वजनिक भलाइका लागि काम गर्ने व्यक्तिहरु सार्वजनिक व्यक्ति हुन् । जोसँग आम नागरिकको सरोकारका विषयहरू रहेका हुन्छन् त्यसको जीवन सार्वजनिक जीवन हो ।राज्यको पद्धति मार्फत आम नागरिकको हेरविचार वा संरक्षण गर्ने र सार्वजनिक सेवा प्रवाहको यथोचित प्रबन्ध मिलाउने जिम्मेवारी पाएको मानिस नै सार्वजनिक व्यक्तित्व  हुन् । ।राजनैतिक […]

कर्मचारी सरुवा नियमित प्रक्रिया हो तर कहिलेकाहीँ कर्मचारीहरुको सरुवा हुन्छ मन्त्रीसँग कुरा नमिल्दा । यस्तै नवनियुक्त शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयको एक सहसचिवलाई आफूलाई अनावश्यक सल्लाह दिएको भन्दै मन्त्रालयबाट सरुवा गरेकी छिन् ।ती सहसचिव कुनै भ्रष्टाचार,अनियमितता गरेका कारण सरुवामा परेका होइनन् । उनको एउटै अपराध थियो,मन्त्रीलाई सल्लाह दिनु । मन्त्री भएकै दुई दिन […]

  संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १५० वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । गत चैत्र २१ मा सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राखेको प्रस्ताव सदनबाट स्वीकृत भएसँगै संशोधन दर्ता गराउनका लागि ७२ घण्टाको समय […]

भ्रष्टाचार मुद्दामा उपसचिवसहित तीन जनाले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बर्ष पुस २६ मा उपसचिवसहित तीनलाई प्रतिवादी बनाउँदै चलाएको मुद्धामा मंगलबार विशेष अदालतले सफाइ दिएको हो । अख्तियारले सुनसरी, वर्जु गाउँपालिका वडा नं ६ चिमडीस्थित रहेको श्री माध्यमिक विद्यालय, चिमडी सुनसरीका प्रधानाध्यापकले प्रदेश सरकारवाट छात्रा शौचालय निर्माणको लागि विनियोजित बजेटबाट शौचालय […]

राजनीति र कर्मचारीतन्त्रको सेतु नीति हो। नीति राजनीतिको घोषणा हो। यो घोषणा शासनमा देखिन्छ। देखिनुपर्छ। तब मात्र नीतिमा राजनीतिको पकड हुन्छ। नीति कसरी बन्छ भन्ने सैद्धान्तिक र व्यवहारिक तन्त्र र संयन्त्र छन्। नीतिभित्रको दृढता र योग्यता राजनीतिमा भएन भने नीतिभित्र स्वार्थ प्रवेश गर्छ। यहीबाट दलाल तन्त्र जन्मन्छ ।नीतिभित्रको स्वार्थ सबै दलालतन्त्र होइन। तर जब राजनीति […]

२०८० चैत्र १४ गते देखि संचालन भएको नियमित तर्फको एसीई परीक्षा समाप्त भैसकेको छ भने ग्रेड बृद्वी तर्फको परीक्षा संचालन भैरहेको छ । यसै क्रममा चैत्र २० गते संचालन भएको बिज्ञान तथा प्रबिधि बिषयको ज्ञानोदय बिद्या निकेतन नेपालगन्ज -२ केन्द्रमा संचालन भैरहेको परिक्षामा आफ्ना विद्यार्थीहरुलाई ह्ट एप्स ग्रुप बनाई मोबाईल मार्फत प्रश्न पत्र आउट गराउने […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।