सरकारले स्थायी सरकारको मेरुदण्ड मानिने मन्त्रालय तथा सरकारी निकायका सचिवहरुलाई हावाकावा खेलाउन छाडेको छैन । आफ्नो इच्छाअनुसार मन्त्रीहरुले सचिव फेर्न थालेपछि उनीहरु फुटबल खेलमा हानिएको भकुण्डोजस्तै बनिरहेका छन् । सत्ता र सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार थालिएको छ । गठबन्धन परिवर्तन भएको महिना दिनमै २२ सचिवहरु […]

पोखरा महानगरपालिकाका अर्का इन्जिनियर समेत घुस प्रकरणमा पक्राउ परेका छन् । गत चैत्र २८ गते डेढ लाख घुस लिएको आरोपमा अख्तियारको टोलीले पोखरा महानगरपालिकाका इन्जिनियर उषाकिरण रोकायालाई पक्राउ गरेको थियो । यही प्रकरणमा महानगरपालिकाका इञ्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका वराल पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर […]

सरकारले ८२ अधिकृतहरुको पदस्थापन गर्दा एकै पटक ४० अधिकृतहरुले गृहमा ‘इन्ट्री पाएका छन् । नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय गर्दा ४० अधिकृत सामान्य प्रशासनबाट गृह मन्त्रालय वा अन्तर्गत पदस्थापन भएका हुन ।यस्तै एकै पटक ३० अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर स्थानीय तहमा खटाइएको छ । गृह इन्ट्री पाउनेमा श्यामहरि […]

सरकारले ३९ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । ३४ उपसचिवलाई पदस्थापन गर्दा ९ वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाज गर्न खटाएको छ । यस्तै, ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दा ३० जनालाई स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ । जसअनुसार,पितानाथ लुइटेललाई कोहल्वी नगरपालिका,बारा,रामदत्त भट्टलाई पर्सा नगरपालिका,खेमराज देवकोटलाई कृष्णनगर नगरपालिका,महेशबहादुर वमलाई […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८२ जना शाखा अधिकृतलाई पदस्थापन गरिएको छ। मंगलबार  मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापन तथा कामकाजमा खटाइएको हो । उनीहरूलाई संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी तोकिएको छ । पदस्थापनबाट निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहले मंगलबारबाटै प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । Notices-2024041615541440

संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतीले अनुमोदन गरेको छ । रायाविरुद्ध उजुरीको समयसीमा सकिएपछि संसदीय सुनुवाइ समितिले रायाको सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै उनको नाम सर्वसम्मतीले अनुमोदन गरेको जनाइएको छ । रायमाथि दुई वटा उजुरी परेका थिए । एउटा उजुरी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको तर्फबाट थियो । उक्त उजुरीमा राया महालेखापरीक्षक हुनु प्रत्यक्ष स्वार्थ […]

प्रधानमन्त्री कार्यालयले आफू मातहतको राजस्व अनुसन्धान विभागको महानिर्देशक परिवर्तन गर्ने तयारी गरेको छ । १० महिना अगाडि महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका नवराज ढुंगानालाई हटाएर त्यहाँ अर्काे सहसचिवलाई लैजाने गृहकार्य प्रधानमन्त्री कार्यालयले गरिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतका अनुसार गत असार १२ गते महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका ढुंगनालाई महानिर्देशकको जिम्मेवारीबाट हटाएर त्यहाँ सहसचिव […]

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यमान कानुन अनुसार कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भन्दै त्यस्तो पाइए कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् । मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिदैँ उनले बताइन् । उनले भनिन्, ‘हाम्रो कानुनमा राखिएको छ र स्पष्ट रुपमा भन्छ कि शिक्षक र कर्मचारीहरु राजनीतिक पार्टीको कुनैपनि […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ शाखा अधिकृतको पदस्थापन गरेको छ । मन्त्रालयले उपसचिवमा बढुवा भएका ३४ जना नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहका कर्मचारीहरुलाई विभिन्न मन्त्रालय,निकाय तथा स्थानीय तहमा पदस्थापन गरेको हो । कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवमा उक्लिएका मध्ये ९ जनालाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा स्थानीय तहमा खटाएको छ ।पदस्थापनको सूची अनुसार,१६ उपसचिवलाई […]

खानेपानी मन्त्रालयमा कार्यरत चार इन्जिनियर राजपत्रांकित तृतीय श्रेणीमा बढुवा सिफारिस भएका छन् । बढुवाका लागि सिफारिस गरिएका इन्जिनियरहरूमा जितकुमार महतो, कल्पना थापा, भक्तिप्रसाद काफ्ले र पूर्णबहादुर वली छन् । मन्त्रालयको बढुवा सिफारिस समितिको वैशाख २ गतेको बैठकले सिभिल इन्जिनियर समूहका चार इन्जिनियरको राजपत्रांकित तृतीय श्रेणीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।      

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।