कुशल प्रशासकको छबि बनाएर गृह मन्त्रालयबाट बाहिरिएका प्रेमकुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको कुर्सीमा छन् । यस अघि अख्तियारले गति लिन सकेको थिएन । सूर्यनाथ उपाध्याय प्रमुख आयुक्त हुँदा अख्तियारको कामकारवाही प्रभावकारी भएको सुनिन्थ्यो । अख्तियारलाई त्यही लयमा फर्काउदैंछन् राई । टेरामेक्स,ललिता निवास जग्गा प्रकरण,आइटीका एक पछाडि अर्काे भ्रष्टाचारका मुद्धामा हात हालिरहेको छ […]

मुलुकको राजनीतिका कारण कति निराशाका खबर मात्र पढ्ने आउनुहोस केही आशाका खबरहरु पनि पढौं । लोक सेवा आयोगले मंगलबार राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । यसरी उपसचिवमा नाम निकाल्नेहरुमा ४१ जना आप्रतर्फ छन् । यस्तै लेखा २,राजश्वतर्फ ३ जना,प्रशासनतर्फबाट ११ जना खुलातर्फबाट थपिएका छन् ।यस्तै खुलामा राजश्वतर्फ १,लेखा १, र ८ […]

सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि मौलाउँदै आएको यो ठगी र नोक्सानीले सरकार र राजनीतिक दललाई छोएको छैन। शर्मिला ठकुरी | खोज पत्रकारिता केन्द्र ललितपुरको पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडलाई सहकारी मन्त्रालयले २०८० साउन १ मा समस्याग्रस्त घोषणा गर्‍यो। सहकारी विभागका तत्कालीन रजिस्ट्रार नमराज घिमिरेले २०७९ फागुन २९ […]

सत्ता र शक्तिमा हुनेहरूले जे/जसो गरे पनि हुने मुलुक रहेछ यो । श्रम, पसिना बगाउँछु, दुई पैसा कमाउँछु र जाहानको पेट पाल्छु भन्न पनि नपाइने र अनेक नाममा लात्ती बजारिने । जालझेल र बेइमान नै सर्वेसर्वा भएको ठाउँमा इमान्दारीको कदर हुनु त परको कुरा त्यही सोझोपनको फाइदा उठाउँदै मन्त्रालयका केही ‘टाउका’ले गरेको दुव्र्यवहार वर्णन गर्दैछु […]

हिसाब किताब र बाँडफाँड नमिल्दा हरेक बर्षजस्तो सयौं कर्मचारी अख्तियारको फन्दामा पर्न थालेका छन् । पछिल्ला चार आर्थिक बर्षमा मात्र ८८ कर्मचारीहरु अकुत आर्जनमा डामिएका छन् । तीसँगमात्र झण्डै ११ अर्व अकुत सम्पत्ति रहेको एउटा सरकारी प्रतिवेदन सुक्ष्म रुपमा केलाउँदा भेटिन्छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको ३०,३१,३२ र ३३ औं प्रतिवेदनलाई सुक्ष्म रुपमा केलाउँदा […]

वर्तमान नेपालमा जताततै भ्रष्टाचार र यसको नियन्त्रणका बारेमा चर्चाहरु भइरहेको सुनिन्छ । सरकारमा बस्नेहरु कहिले २०४६ सालपछिका सबै भ्रष्टाचारको छानविन गर्ने कुरा गर्छन् त कहिले सबै कालखण्डका भ्रष्टाचारको छानविन गर्ने कुरा गर्छन् । तर छानविनको लागि कुनै काम र निर्णय भने कहिल्यै गर्दैनन् । प्रतिपक्षमा बस्नेहरु सरकारमा बस्नेहरुलाई भ्रष्टाचारी भनेर आवाज उठाउन मै व्यस्त देखिन्छन् […]

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको जनाइएको छ । आयोगको नेपालगञ्जबाट खटिएको टोलीले वैशाख ५ गते उनलाई एक लाख २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा […]

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले गत बिहीबार (हिजो)बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् । बिहीबारको बैठकले चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरुप उपलब्ध गराउन प्रस्ताव गरेको सात वटा सवारी साधन स्विकार गर्ने निर्णय पनि गरेको सरकार प्रवक्ता एवम सञ्चार तथा सूचना […]

प्रधानमन्त्री प्रचण्ड सत्तामा टिकिरहने नाममा गठबन्धन परिवर्तन भएसँगै प्रदेश संरचनाहरु समेत अस्थिर भए र भत्किए । प्रदेशका सभामुखले नै मुख्यमन्त्रीका लागि मतदान गरेको बिषय अहिले सर्वाेच्चमा पुगेको छ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ शुक्रबारर न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका अनुसार उनको इजलासमा उक्त मुद्दा दुई […]

लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्थानीय तह अन्तरगतका सहायक चौथो तह अप्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । कुल ५० जना कर्मचारी माग भएकामा इच्छुक उम्मेदवारले जेठ १७ गतेभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।  

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।