Author: कर्मचारी प्रेस
विशेष अदालतले तत्कालीन इञ्जिनियर जितेन्द्र राज शाक्यलाई भ्रष्टचार मुद्धामा दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाक्य सडक विभागअन्तर्गत मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना दाङका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र राज शाक्यविरुद्ध २ करोड २५ लाख ४ हजार १० रुपैयाँ ७८ पैसा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो । शाक्यले १०५ […]
आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा थपिएको छ । कात्तिक १५ देखि माघ १५ सम्म सरकारी एक घण्टा कम खुल्दै आएकोमा आजबाट देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले गत कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । जाडो समयमा दिन छोटो […]
स्वास्थ्य शाखा प्रमुखलाई निलम्बन गरेको घटना सेलाउन नपाउँदै काठमाडौं महानगरका मेयर वालेन साहले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ति गर्दा कार्यपालिकाको निर्णय किर्ते गरेको फेला परेपछि स्वास्थ्य विभाग प्रमुख पौडेल निलम्बनमा परेका थिए । उनको निलम्बन अझै फुकुवा भइसकेको छैन । स्वास्थ्यको काण्ड सेलाउन नपाउँदै […]
स्थानीय तह कर्मचारी संघमा नयाँ कार्यसमिति चयन भएको छ । हालैसम्पन्न पाँचौ अधिवेशनबाट संघको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन् । यस्तै महासचिवमा शम्भु बराल निर्वाचित भएको संघले जनाएको छ । एमाले निकट संघका रुपमा चिनिएको संघको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा सृजना लामिछाने निर्वाचित भए । प्रदेश उपाध्यक्षमा कोशीबाट चन्द्र बहादुर बस्नेत, […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युरिया मल र मोटरसाइकल छुटाइदिन्छु भनेर ८ हजार घुस लिने प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बाँकेस्थित प्रहरी चौकी खडैचामा कार्यरत असई भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनेर घुसररिसवत लिएको अभियोग छ । आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । प्रवक्ता घिमिरेका अनुसार राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा करारमा कार्यरत कम्प्युटर इन्जिनियर भट्टराईले नियमित तरिकाबाट प्राप्त […]
दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल भ्रष्टाचारी ठहर भएका छन् । बिशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २२ असार २०८० मा पक्राउ परेको थियो । गत १९ साउनमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरेको पाँच महिनामै फैसला भएको […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतले पदभार ग्रहण गर्नुअघि अनिवार्य रुपमा सम्वन्धित पालिकाका प्रमुख या अध्यक्षसँग सपथग्रहण गर्नुपर्ने व्यवस्था गर्दैछ । प्रमुख प्रशासकीय अधिकृतका लागि मन्त्रालयले तयार पारेको आचारसंहितामा पालिका पुगेर पदभार ग्रहण गर्नुअघि सपथग्रहण गर्नुपर्ने र यसको जानकारी संघीय मामिला मन्त्रालयमा गराउनु पर्ने व्यवस्था समेटिएको हो । प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न […]
कर्णाली प्रदेश सरकारले ल्याएको निजामती सेवा नियमावली गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरी प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ । प्रदेश सरकारले यसलाई ठुलो उपलब्धि मानेको छ । संविधानको धारा २८५ को उपधारा (३) मा प्रदेश मन्त्रिपरिषद्ले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्ने व्यवस्था छ […]
नेपाल गुणस्तर तथा नापतौल विभागको रिक्त महानिर्देशकमा कुमारी ज्योती जोशी नियुक्त भएकी छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै उपमहानिर्देशक जोशीलाई महानिर्देशकमा नियुक्त गरेको हो। मन्त्रिपरिषद्को माघ ३ गतेको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका […]