सचिव दरबन्दी कटौती गर्ने बिषय जोडतोडका साथ उठिरहेको समयमा एकै पटक पाँच पद रिक्त हुन पुगेको छ । अस्तिमात्र स्वास्थ्य सचिव देवकुमारी गुरागाई घर फर्किएसँगै पाँच सचिवको पद रिक्त हुन पुगेको हो । यसमा मानव अधिकार आयोगको सचिवलाई जोडिएको छैन । आयोग पनि निमित्त सचिवकै भरमा चलिरहेको अबस्था छ । केही अघिमात्र मुख्य सचिवका प्रवल […]

जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले भ्रष्टाचारका दुई मुद्दामा सफाई पाएका छन् । दुई भिन्न मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको घूस÷रिसवत र गैरकानूनी सम्पत्ति आर्जनका मुद्दामा उनले सफाइ पाएका हुन् । विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार यस्तो फैसला गरेको हो । […]

परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीको डा. नेत्रप्रसाद तिम्सिना नेतृत्वको समूहले यस संस्थाभित्रका भ्रष्टाचार छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। उक्त समूहले अन्तर्राष्ट्रिय रेडक्रस महासंघ र यसअघिका विभिन्न छानबिन समितिका प्रतिवेदन कार्यान्वयनका लागि पनि आवाज उठाएको छ। डा. तिम्सिना नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक बसी संस्थाभित्रका विसंगति अन्त्य गर्न र वैधानिक नेतृत्व स्थापित गर्न सरकारको भूमिकाको माग […]

अछाम । प्रहरीले आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको छ । अछामको मङ्गलसेन नगरपालिकाका अन्दाजी ३५ वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष पाठककाअनुसार शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको […]

विशिष्टीकृत ज्ञान सीपमा आधरित भई आचरणको गुणस्तर कायम राख्दै उच्च कार्यसम्पादन गर्ने कौशल नै व्यावसायिकता हो ।निजामती सेवाको व्यावसयिकता भनेको निजामती सेवाका सिद्धान्तको ज्ञान र त्यसलाई व्यवहारमा अपनाउने प्रतिबद्धता हो । व्यावसायिकता सामाजिक समस्या समाधानार्थ प्रशासनिक कार्य सञ्चालनको निष्ठा, सीप, क्षमता र प्रविधि अनुकूलनता हो । त्यसैले व्यावसायिक हुनु नै निजामती सेवाको नैतिकता हो । […]

संयोग यस्तो छ कि एउटै यातायात कार्यालयमा तीन जना बस्नेत । तिनै काजीहरुहरुको मिलेमतोमा सरकारी कार्यालयमा भएको गडबडीको उजुरी टंगालसम्म पुगेको छ । तर, भ्रष्टाचारको धनले सधैभरी पोल्छ,यो समाजिक अपराध हो ।’ भनेर प्रत्येक व्यक्तिको मोवाइलमा रिङ टोन बजाउने टंगाल दरबारले त्यहाँ भएको भ्रष्टाचार छानबिनमा चासो देखाएको छैन । प्रंसग हो,राधेराधेस्थित यातायात कार्यालयमा भएको अनियमितताको […]

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठले बताए । ड्युटीमा रहेका ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई आइतबार प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको हो। प्रहरीले बसका चालक […]

राष्ट्रिय सभा अध्यक्ष चुन्न मंगलबार हुने निर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी दर्ता हुँदै छ । आइतबारै पाँचदलीय सत्तागठबन्धन र प्रतिपक्षी कांग्रेसले उम्मेदवार तय गरिसकेका छन् । माओवादीले गठबन्धनको साझा उम्मेदवारको रूपमा केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेसले युवराज शर्मालाई प्रतिस्पर्धामा उतार्ने भएको हो । पार्टी पदाधिकारीको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ दाहाललाई […]

ऋषि भट्टराई रुपन्देही । अष्ट्रेलियामा रहदै आएका गुल्मी मदानेका विनोद कुँवरको नीजि लगानीमा रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला ९ महिनामै तयार भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ पूर्व दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको पहिलो चरणको कार्य ९ महिनामै सम्पन्न भएपछि भोलि उद्घाटन खेलको आयोजना गर्न लागिएको हो । ९ महिनामै खेलमैदान तयार […]

ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो । ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय, […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।