Author: कर्मचारी प्रेस
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको निगमले जनाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । निगमले डिजेल र मट्टितेलमा भने प्रतिलिटर २ रुपैयाँले घटाएको हो । खाना बनाउने ग्यास र हवाई इन्धनको मूल्य भने […]
पछिल्लो समय सुन तस्करीको हब बन्दै गएको छ,रसुवा जिल्ला । यही जिल्लाका एक जना भन्सार अधिकृत समेत सुन तस्करी प्रकरणमा मुछिएका छन् । सुन तस्करी जाँचबुझ आयोगले सुन तस्कर विदेशी नागरिकसँग घुस डिल गर्ने ती अधिकृत उपर कारवाहीका लागि सिफारिस गरिएको छ । सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले सुन तस्करीका नाइके मानिएका […]
बुटवल । बुटवल उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवर्द्धनका लागि मकै पोल्ने र सालको पात बेच्ने महिलाहरुलाई आज उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवलको विभिन्न स्थानमा मकै पोल्ने र सालको पात बेचेर जीवन गुजारा गरिरहेका ३७ जना महिलाहरुलाई जनही ५ हजारका दरले सहयोग उपलब्ध गराएको हो […]
महालक्ष्मी विकास बैंकले कादमबरी एकेडेमी, श्रीपूर वीरगञ्जमा अध्यनरत छात्र जीवन राजवंशीलाई कक्षा १० अध्यनका लागि स्वर्गीय हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सात वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुङ्गटाले […]
सुन तस्करी प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन भर्खरै पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको हो । पक्राउ परेका पुन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत हुन । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध […]
मन्त्रिपरिषद्को बैठकले प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ । एआईजी किरण बज्राचार्य सुन तस्करी प्रकरणमा कारबाही सिफारिस उनलाई प्रहरी हेर्डक्र्वाटरको कार्यविभागमा तानेर त्यहाँ श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको छ । सुन तस्करी जाँचबुझ आयोगले १५ जनालाई मुद्दा चलाउन र ११ जनालाई विभागीय कारबाहीको सिफारिस गर्दै प्रतिवेदन बुझाएको थियो । जसमा केन्द्रीय अनुसन्धान […]
सरकारले गृह पछि अर्थ मन्त्रालयको सचिव हेरफेर गर्ने तयारी गरिरहेको छ । पुर्नगठित प्रचण्ड नेतृत्वको सरकारको दोश्रो क्याविनेट बैठकले गृह सचिवमा एकनारायण अर्याललाई ल्याएको थियो । गृहका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको थियो । आजै बस्ने क्याविनेट बैठकले अर्थ सचिव हटाउने तयारी गरिरहेको स्रोतले जनाएको छ । सो स्थानमा अर्थ मन्त्रालयकै राजश्व […]
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सामाजिक सुरक्षा कोषका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार कोषको काम कारबाहीका विषयमा जानकारी लिँदै मन्त्री अर्यालले परिणाम आउने गरी योजना बनाएर अगाडि बढ्न निर्देशन दिएका हुन् । कोषका कर्मचारीसँग छलफल गर्दै मन्त्री अर्यालले कम्तीमा पनि एक वर्षको कार्य योजना बनाएर काम […]
बयानका लागि अख्तियार धाइरहेका अर्काे ठूला माछाले फेरि फेरि ६ वटा सवारी साधन प्रयोग गरिरहेको भेटिएको छ । जागिरे जीवनका कालखण्डमा विभिन्न आकर्षक आयोजना कार्यालयमा बसेर अनियमितता गरेको उजुरी उपर छानबिन गरिरहेको अख्तियारले हाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको कुर्सीमा रहेका प्रदीप अधिकारीले त्यहाँका ६ वटा सवारी साधन प्रयोग गरिरहेको बुझिएको छ । प्रेम बहादुर आले […]
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को आमस्मिक बैठक डाकेकका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगको प्रतिवेदनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफलपछि मन्त्रिपरिषद् […]