Author: कर्मचारी प्रेस
हालसम्मका २६ मुख्यसचिवमध्ये अधिकांश बाहुन, क्षेत्री र नेवार समुदायबाटै । त्यसमा पनि राजनीतिक नेतृत्वले जस्केलाबाट निजामती कर्मचारीहरुको सर्वाेच्च पदमा पुर्याउने,मुख्य सचिवले आफू पछिको मुख्य सचिव नियुक्तिमा विचौलियाको काम गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । २३ औं मुख्यसचिवका रूपमा तामाङ समुदायबाट नाम कोर्ने सुनौलो अवसर थियो धनबहादुर तामाङलाई । जसै सोमलाल सुवेदी मुख्यसचिव पद त्यागेर सहसचिवस्तरको […]
मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेको एउटा यौन लीला यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । स्थायी नियुक्ति लिएको ३ वर्ष अन्यत्रै कार्यरत कानेपोखरीकी प्राथमिक शिक्षिकाको घरपायक सरुवा मिलाइदिँदा काफ्लेले यौन प्रस्ताव राखेपछि सो काण्ड छताछुल्ल भएको हो । ती शिक्षिकाले त्यस्तो गर्न नसक्ने बरु आर्थिक रूपमा के–कति खर्च लाग्छ व्यहोर्छु भनेकी थिइन् […]
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/ ८२ को लागि पठाउन लागेको बित्तीय समानीकरण अनुदानमा रसुवाका पाँच पालिकामध्ये सबैभन्दा बढी कालिका गाउँपालिका र सबैभन्दा कम आमाछोदिङमो गाउँपालिकाले पाउने भएका छन् । आयोगका अनुसार,रसुवाको कालिका गाउँपालिकाले ८ करोड ३१ लाख, नौकुण्ड गाउँपालिकाले ८ करोड २७ लाख र उत्तरगया गाउँपालिकाले ७ करोड ६७ लाख, […]
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापन, सरुवा वा काम काजमा खटाउने सम्बन्धी कार्यविधिको दोश्रो संशोधन गरेको छ । जसअनुसार ९ वटा जिल्लाको बर्गीकरण हेरफेर गरिएको छ । क बर्गमा पाँच वटा जिल्लाहरु थपिएका छन् । यस अघि १२ वटा जिल्लालाई क बर्गमा राखिएकोमा अब १७ वटा जिल्लालाई क बर्गमा राखिएको छ । जहाँ सहसचिव तहका […]
सरकारका लागि सबैभन्दा कष्टकर र चुनौतिपूर्ण बन्दै गएको छ स्थानीय तहमा कर्मचारी परिचालन । ऐन,नियम नहुँदा स्वेच्छाचारी ढंगले कर्मचारी खटन पटन गरिँदा अहिले ७५३ स्थानीय तहमध्ये झण्डै २५ प्रतिशत पालिका निमित्त हाकिमका भरमा चल्दै आएका छन् । महानगरपालिका,उपमहानगरपालिकामा सहसचिव,नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत खटाउनु पर्ने व्यवस्था भए पनि देशभरका २४६ स्थानीय तह प्रमुख प्रशासकीय […]
पृष्ठभूमिः स्टीम शिक्षा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित विषयका अवधारणाहरुलाई एकिकृत गरी कार्यान्वयनमा ल्याइएको बहुआयामिक शिक्ष पद्दति हो । स्टीम शिक्षाले आधारभूत विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान, आलोचनात्मक विश्लेषण, स्वतन्त्र सोचाई तथा समूहगत रूपमा काम गर्ने क्षमता तथा सीप विकास गर्दछ ।प्रविधिको विकाससँगै परम्परागत शिक्षालाई पनि परिमार्जन गरी प्रयोगात्मक तथा व्यवहारिक शिक्षा र सिकाईमा जोड दिन […]
कार्यालयको फाइल बोकेर कोही कर्मचारी किन होटल होटलमा दौडन्छ ? कार्यालयमा कम र होटलमा बढी भेटिन्छन्,त्रिपुरेश्वरका एक कर्मचारी । तिनै कर्मचारीबाट उद्योगी र व्यवसायीहरुले हैरानी खेप्नु परेको गुनासो उद्योग विभागको हाकिमसम्म नपुगेको होइन तर हाकिमले पनि उनलाई छुन वा चलाउन सकिरहेका छैनन् । यसरी त्रिपुरेश्वरस्थित उद्योग विभागमा बसेर उद्यमीहरुलाई त्राहीमाम बनाउने अधिकृत हुन बसन्त बहादुर […]
कम्युनिष्टहरुको रोगै हो,टुट,फुट र गुट । पार्टीमा देखिने यस्तो रोग कर्मचारीहरुको संगठनमा पनि सरेको छ,त्यो पनि पदका लागि । यस्तै एउटा गुटका कारण निजामती कर्मचारीहरुको कान्छो संगठनमा कलह शुरु भएको छ । पूर्व अध्यक्षहरुले आफू निकटका कर्मचारीलाई अध्यक्ष बनाए पछि पार्टी अध्यक्ष माधव नेपालका भाञ्जि ज्वाईहरुको टिमले विद्रोह शुरु गरेको हुन । दुई बर्ष अघिमात्र श्रम […]
कृषि विभागको महानिर्देशकको लागि बनेको भवन विगत ४ वर्षदेखि सचिवले कब्जा गरिरहेका छन्। आफू महानिर्देशक हुँदा प्रयोग गर्दै आएको उक्त भवन सचिव हुँदासम्म प्रयोग गर्दै आइरहेका हुन् । किर्तिपुर बागबागी केन्द्रमा रहेका सिङ्गै घर सरकारी निवास लामो समयदेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुसेवा तर्फका सचिव डा रेवतीरमण पौडेलको पन्जाबाट छुटकारा मिलेको छैन । कृषि […]
कुमारी बैंक लिमिटेडले, नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको हो । ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो । जसले सानै उमेर देखी आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरूको […]