Author: कर्मचारी प्रेस
रंगिन दुनियाँका अनुहारहरू समाज र संस्कृतिका प्रतिनिधि पात्र हुन् । उनीहरूले समाजमा आदर्श पात्रको प्रतिनिधित्व गर्नुपर्ने हो । तर, नेपाली कलाकर्मीहरू समाजमा आदर्श पात्रका रूपमा स्थापित हुन सकेका छैनन् । विशेषगरी कलाकारहरूको पारिवारिक जीवन आदर्श र प्रेरणाको स्रोत बन्न सकेको छैन । रंगिन दुनियाँमा राम्रो घरजम गरेका, प्रेम र पारिवारिक आदर्शको प्रतीक बनेका र असल […]
सचिव बढुवा हुने लाइनमा रहेका सहसचिव बुद्धिसागर लामिछाने निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडीको डेढ अर्ब भ्रष्टाचार मुद्दामा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई समेत प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेसँगै उनी स्वत निलम्बनमा परेका हुन । मन्त्रालयमा लामो समयदेखि नागरिक उड्डयन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका लामिछाने अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन […]
न्याय परिषद्ले जिल्ला अदालतमा १० जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ। न्यायाधीश नियुक्तिको मुख्य एजेन्डासहित बिहीबार दिउँसो बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पदम गिरीले सम्हालेपछि न्यायपरिषद् बैठक पहिलोपटक बसेको हो। र उक्त बैठकले १० कर्मचारीलाई जिल्ला न्यायधीशमा नियुक्ति सिफारिस गरेको हो । नियुक्ति भएकाहरु न्याय, […]
४ दिने सचिवलाई निर्वाचन आयोगमा लैजाने मोटामोटी सहमति भएको छ । संवैधानिक पदमा कोटा बाँडफाँट हुँदा एमालेको कोटामा महालेखापरीक्षक, कांग्रेसलाई निर्वाचन आयोगको एक आयुक्त र वित्त आयोगको सदस्य माओवादी केन्द्रको भागमा पारिएको बताइन्छ । निर्वाचन आयोगमा ईश्वरी पौडेलको पद रिक्त भएपछि चार दिने सचिव बनाइएका शंकर खरेललाई कांग्रेसले सो पदमा पठाउन सक्ने स्रोतको दाबी छ […]
काठमाडौं । हिमाली जिल्ला हुम्लामा हिउँमा फसेका तीन कर्मचारीलाई प्रहरीले उद्धार गरेको छ । नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका सोही गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनाको उद्धार गरिएको हो । उनीहरु मित्र राष्ट्र चीनबाट प्राप्त अनुदानका सामाग्री बुझेर गाउँ फर्कने क्रममा हिउँमा फसेका थिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साबाट खटिएको […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित पूर्व मन्त्री,पूर्व सचिव,सहसचिवसहित ३० जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले दुईवटा वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार गरेको अभियोगसहित ३० जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका […]
एकातिर भेपमार्फत सुन तस्करी काण्डको बकपत्र दिन अड्डा–अदालत धाउनुपर्ने, अर्काेतिर आफैं सरकारविरुद्ध लड्नुपर्ने ! एक जना सहसचिवले खेपिरहेको भुक्तमान हो यो । इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर २०७९ पुस १० मा चीनबाट ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरियो । त्यतिखेर विमानस्थल भन्सार प्रमुख थिए अरुण पोखरेल । उनैको सूचनाका आधारमा यो अनुसन्धान यहाँसम्म आइपुगेको […]
अमनलाल मोदी,पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री आज एउटा महत्वपूर्ण दिन हो । संविधान जारी भएको आठ बर्षसम्म संघीय निजामती सेवा ऐन जारी हुन सकेको थिएन । आज संसदमा टेबुल र बहस भएको छ । सरकारलाई धन्यवाद दिन चाहन्छु । म सामान्य प्रशासन मन्त्री हुँदा संघीय निजामती सेवा ऐन ल्याउन धेरै मेहनत गरे । […]
सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा किर्ते कर्मचारी भर्तीको विषयलाई लिएर निलम्बनमा परेका काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल पक्राउ परेका छन् । काठमाडौंका मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ ।
रघुजी पन्त प्रत्येक मन्त्री मन्त्रालयमा जाँदा सचिव परिवर्तन गर्दछ । विद्येयकको दफा १३१ मा ट्रेड युनियन राइट्सको कुरा छ । रोष्टमबाट प्रधानमन्त्रीलाई भन्दछु,एउटामात्र आधिकारिक ट्रेड युनियन राखे पुग्छ । केन्द्रमा मात्र होइन प्रदेशमा पनि जाने भयो । नयाँ राजनीतिक दल आएको खण्डमा उस्ले आफू निकटका कर्मचारी ट्रेड युनियन राख्छ । यस्ले कर्मचारीलाई कुन हदमा विभाजन […]