बाँकेको राप्ती सोनारी गाउँपालिकामा सालनालसहितको नवजात शिशु भेटिएको छ । राप्तीसोनारी ८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा भेटिएको शिशुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। बच्चा कसले जन्माएर मकै बारीमा फालेको हो त्यसको बारेमा अहिलेसम्म केही पत्ता नलागेको बताइएको छ । अहिले सो शिशुलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरको एनआईसियूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । […]

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन् । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, […]

राजस्व रकम हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित तीन जनाविरुद्ध साढे चार करोड रुपैयाँ बिगो मागदाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो । विशेष अदालतको गत साउन १४ गतेको फैसलाले दर्जीलाई उक्त अभियोगमा दोषी ठहर गर्दै सात वर्ष कैद र एक करोड १७ लाख २४ हजार ५३८ रुपैयाँ जरिवाना तोकिदियो । […]

सरकारले आगामी वैशाख २ गतेदेखि हिँउदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदमा कारवाहीको माग गरिरहेको छ । कांग्रेसले संसदीय छानबिन समिति गठनको माग राखेर संसद चल्न अवरोध गरिरहेको कारण कांग्रेसको माग छल्न अधिवेशन अन्त्य गर्न लागिएको हो । संसदको हिँउदे अधिवेशनलाई […]

बालक हुन वा वृद्ध कुनै पनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अनजानमा मानिसहरू हराउने गरेका छन् । घरपरिवारबाट अचानक सम्पर्क विहीन हुने गरेका छन् । जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन् । आफ्ना प्यारा सदस्य […]

आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक भएको छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षता […]

राजनीतिले नेपालको व्युरोक्रेसीलाई कसरी भकुण्डो बनाउने गर्दछ भन्ने पछिल्लो उदाहरण हो यो । गत फागुन अन्तिम साता काँग्रस,माओवादीको गठबन्धन टुटेर नयाँ गठबन्धन बनेको महिना दिनमै २१ जना सचिवहरु सरुवामा परेका छन् । काँग्रेस र माओवादीको संयुक्त गठबन्धनको सरकार परिवर्तन भएर एमाले,माओवादी,समाजवादीसहितको संयुक्त गठबन्धनको सरकार बने यता महिना दिनमै २१ जना सचिवहरु हेरफेर भएका छन् । […]

शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले केही सचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उपराष्ट्रपति कार्यालय लगायत मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौला आएका छन भने विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । लुम्बिनी […]

पर्साको भिखमपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता पुनमदेवी कुर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । आयोगका अनुसार कुर्मीले महेश्वर प्र।सिंह संस्कृत प्रा सह उच्च विद्यालय, भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा […]

अञ्जनकुमार गायिका ज्योति मगरमाथि लाग्दै आएको आरोप हो,उनको खासियत भनेकै मोटा सेता तिघ्रा र भित्री वस्त्र मात्र हो । यस्तै टिप्पणी सुनिँदै आएको थियो उनी लक्षित । महोत्सवको चौथो दिन उनै मगर लमजुङ आइपुगिन र उक्त कथनीलाई व्यवहारमै उतारिन । गायकीपन भन्दा पनि मोटो शरीरलाई निकै हल्का तवरले उफारेर दर्शकलाई उत्तेजित पार्न खप्पिस मगरले आठौं […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।