श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले आगामी १५ बर्ष भित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गर्न गरिने बताएका छन् । आइतबार मन्त्रालयले आयोजना गरेको ‘वृहत रोजगार मेला’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले १५ बर्षमा बाध्यकारी वैदेशिक रोजागरीको अन्त्य हुने बताएका हुन् । ‘हामीले अहिले देखि नै रोजगारीको क्षेत्रमा काम […]

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटरले १५ केजी २३० ग्राम (१५ पोका) अवैध लागूऔषध (गाँजा) बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायव निरीक्षक भक्त बहादुर पाण्डेको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित नौडिहवाबाट गाँजा बरामद गरेको हो । शनिबार बिहान ६ः४५ […]

केपी ओली,शेरबहादुर देउवा,प्रचण्ड सरकार रहँदासम्म राज गर्दै आएका एक जना निलम्बित ब्रोकर कार्यकारी निर्देशक’लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ । अख्तियारले पौडेलविरुद्ध अमेरिकाको पीआर लिएर पनि सरकारी सेवा सुविधा लिएको आरोपमा आइतबार मुद्दा दायर गरेको हो । अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएर नेपालमा सरकारी सेवामा नियुक्त भएको अभियोगमा […]

कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका करिब २०० जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता दिइएको हो । कार्यक्रम पश्चात् गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबिच सेवा छुट सम्बन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् कामना सेवा विकास बैंकका कर्मचारी, […]

नेपालको पूरानो रोगै हो,निर्णय हुने कार्यन्वयन नहुने । गत पुसमै क्याविनेटले एउटा निर्णय गर्यो कि प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुको दरबन्दी कटौती गर्ने । सोही निर्णय कार्यन्वयन गर्न भन्दै प्रधानमन्त्री प्रचण्डले एकै पटक सचिवालयका १८ जना कर्मचारी एकै पटक कटौती गरे । जसमा जनसम्पर्क सल्लाहका देवेन्द्र पराजुली, प्रशासन सल्लाहकार रामदीप आचार्यदेखि प्रेस संयोजक नारायणप्रसाद ढुंगानाका अलवा प्रधानमन्त्रीको […]

गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा भन्दा ४.५८% ले धेरै हो । गत वर्ष गरिमाले ६५ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ५.५७% ले बढेर घटेर २ अर्ब ५१ करोड […]

नेपालको सूचना प्रविधि क्षेत्रका खलनायकका रुपमा चिनिएका विकल पौडेल तथा सुनिल पौडेल अहिले अख्तियारको हिरासतमा छन् । शुक्रवारमात्र नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले नेशनल पेमेन्ट गेटवेको भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । विशेषले नेशनल पेमेन्ट गेटवे प्रकरणमा मुछिएका ९ मध्ये सुनिल पौडेललाई भ्रष्टाचारी ठहर गरेको थियो । विशेषबाट यस्तो फैसला […]

संघीय सरकारको मन्त्रालयहरु एकै ठाँउमा रहेझैं सरकारले विभिन्न विभागहरुलाई एकै ठाँउमा रहने गरी प्रशासनिक भवन निर्माण गर्ने गृहकार्य अगाडि बढाएको छ । सिंहदरबारमा सबै मन्त्रालय रहेजस्तै बबरमहलमा सरकार मातहतका विभिन्न विभागहरु रहने गरी प्रशासनिक प्लाजा निर्माणको गृहकार्यमा जुटेको छ,सहरी विकास तथा भवन निर्माण विभाग । अहिले संघीय सरकारका विभिन्न विभागहरु छरिएर रहेका छन् ती विभागहरुलाई […]

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को संरक्षित क्षेत्रमा पर्ने गोरखाको चुमनब्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालमा माथिबाट खसेको हिमपहिरो मिसिँदा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ। गोरखाको वीरेन्द्र तालमा हिम पहिरो बज्रिँदा तल्लो क्षेत्रमा बाढी आएसँगै गृह मन्त्रालयले सचेत रहन आग्रह गरेको छ ।   गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा जमेको हिमपहिरो खस्दा […]

राष्ट्रिय सहकारी विकास बोर्डमा कर्मचारीकै मिलेमतोमा अनियमिततामाथि भेटिएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विस्तृत छानबिन गरेको छ । कर्मचारीकै मिलेमतोमा व्यापारीहरूले बोर्डका सम्पत्ति न्यून भाडामा प्रयोग गर्दै आएको भेटिएको हो । प्रारम्भिक छानबिनमा कर्मचारीको भूमिका शंकास्पद देखिएपछि मन्त्रालयले विस्तृत अध्ययन गरेको थियो । छानबिन समितिले लगनखेलमा रहेको भवन लिजमा लगाउँदा भएको अनियमितताका सम्बन्धमा छानबिन […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।