सरकारले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ । हालका अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर अर्थ सचिवको जिम्मेवारी मरासिनीलाई दिएको हो । आज बिहान बसेको क्याविनेट बैठकले अर्थ सचिव पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर हालै भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट क्लि चिट पाएका मरासिनीलाई अर्थ मन्त्रालयमा ल्याउने निर्णय गरेको हो […]

सशस्त्र प्रहरी बलले ५० लाखभन्दा बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रूपन्देहीले ५० लाख ३० हजार बराबरको सामान बरामद गरेको हो। करिब साढे दश बजे सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ११ जनाको सीमा अनुगमन टोलीले सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्युरोको बिशेष सुचनाको आधारमा सामान […]

मन्त्रिपरिषद्को बैठक चलिरहेको छ । बिहान १० बजे देखि बैठक चलिरहेको हो। आजको बैठक मंगलबारबाट हुन लागेको कतारका शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । कतारका राजाले नै […]

प्रहरी प्रधान कार्यालय,नक्सालले विना जानकारी र विदा स्वीकृत गराइ लामो समयदेखि वेपत्ता भएका १६ प्रहरीहरुलाई गैर हाजिरी हुनुको चित्तबुझ्दो कारण पेश गर्न सात दिनको समय दिएको छ । हेडक्वाटरले १६ जना प्रहरी बिना जानकारी सम्पर्कविहीन भएपछि ७ दिने सूचना जारी गरेको हो । गत फागुनदेखि प्रहरी हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर […]

शहरी विकास मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगीले आत्महत्या गरेका छन्। विगत १० बर्षदेखि करार सेवा शहरी विकास मन्त्रालयमा कार्यरत पुष्कर खड्काले आज बिहान आत्महत्या गरेका हुन ।खड्का पत्नी र छोराका साथमा मनोहरामा बस्दै आएका थिए । उनले आज बिहान जडिबुटीको फलामे पुल मुनी आत्महत्या गरेको बताइएको छ । विगत केही समयदेखि मृगौला रोगबाट पीडित उनले […]

हाल निलम्बनमा रहेका नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले २३ करोड ७५ लाख ४६ हजार अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानविनमा उनीसँग एक करोड १९ लाख मात्र बैध सम्पत्ति रहेको खुलेको हो । पौडेलसँग कुल २४ करोड ९४ लाख ७१ हजार कुल सम्पत्ति रहेकोमा त्यसमध्ये एक करोड १९ […]

सरकारी कर्मचारीले सार्वजनिक जग्गामा कसरी रजाई गर्छन् भन्ने उदाहरण खोज्न दुरदराज होइन राजधानीको मुटु,सिंहदरबार र ववरमहल आसपासतिरै हेरे पुग्छ । राजनीतिक दलका आडमा कर्मचारी संगठनले दशौं बर्षदेखि सरकारी जग्गा हडपिरहेका मात्रै छैनन्, बंगला ठडाएर नियम विपरित भाडासमेत असुलीरहेका छन् । मुख्य दल सम्बद्ध कर्मचारीका संगठनले सरकारी भवनलाई व्यावसायिक प्रयोजनमा मात्र होइन पार्टीको कार्यालय खडा गरेर […]

मन्त्रिपरिषद्को नियमित बैठक आज बिहान १० बजे बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा नियमित एजेण्डाका अलवा सहसचिव सरुवा हुन सक्ने बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साता अघि नै २७ सहसचिव सरुवाको सूची बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको जनाएको छ । सामान्य प्रशासन स्रोतका […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलविरुद्ध अख्तियारले यो दोश्रो मुद्धा चलाएको हो । नेसनल पेमेन्ट गेटवेसम्बन्धी उपकरण खरिद प्रकरणमा २३ करोडको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको तीन दिन पछि अख्तियारले पौडेलविरुद्ध आइतबार अर्काे मुद्धा विशेष अदालतमा दायर गरेको हो । गैरकानूनी […]

वैशाख ९, बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । उनले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।