Author: कर्मचारी प्रेस
आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरी काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ। उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३ (१) अनुसार पुरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ। यस्तै सहकारीहरुको समस्याका बारेमा गम्भीर रुपमा छलफल भएको बताइएको छ […]
नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले सचिव टेकनारायण पाण्डे,,एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वाेच्चका न्यायधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ११ शाखा अधिकृतहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार ४ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने ४ अधिकृत सिंहदरबारस्थित गृह,सञ्चार र भूमि व्यवस्था मन्त्रालयमा तानिएका छन् । यस्तै बाँकी २ लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र १ जनालाई जिससतिर पठाइएको छ । मन्त्रालयले बाँकेको डुडुवा गाउँपालिका […]
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँका बुढानिलकण्ठ,गोदावरी,तारकेश्वरसहितका प्रमुख प्रशासकीय अधिकृतहरु परिवर्तन गरेको छ । यस्तै गोकर्णश्वर,मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोक, मुसिकोट नगरपालिका, गुल्मी, पुनर्वास नगरपालिका, कञ्चनपुरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो । मन्त्रालयले आठ उपसचिवको खटन पटन गर्दा ५ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको छ । एक जना उपसचिवलाई अतिरिक्त समूह,अर्काेलाई संघीय […]
काठमाडौं । उपभोक्ता समितिमार्फत सडक निर्माण भएको भनिएको कालीकोटको महावै गाउँपालिकास्थित सिमखेत–ओदा खण्डमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समिति पदाधिकारीसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं वास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी […]
सशस्त्र प्रहरी बलले आज चिनी बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रूपन्देहीले १० हजार २५० केजी चिनी र बोरा सिलाउने मेसिन एक थान बरामद गरेको हो। सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन न्यौपानेको कमाण्डमा खटिएको ९ जनाको सीमा अनुगमन टोलीले बिशेष सूचनाको आधारमा भारतबाट अबैध रुपमा चिनी नेपाल ल्याई जिल्ला रुपन्देही […]
नुवाकोट बेलकोटगढी नगरपालिकाका गुठीका किसानले कमाईरहेको जग्गा रैतानी गर्न माग गरेका छन् । जुन उद्देश्यको लागि गुठी राखिएको हो, त्यसको व्यवस्थापन स्थानीय तहले बजेट व्यवस्था गर्न थालेको र तत्कालिन समयको पाटी, पौवा आदि नभएको अवस्था हुँदा किसानलाई रैती बनाईराख्नु अन्यायपूर्ण भएको किसानको भनाई छ । दुईपिपलमा वैषाख ११ गते भएको भेलामा ८२ जना (३४ महिला […]
मुकेशकुमार यादव- सिरहा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) खरिदबिक्री हुने गरेको पाइएको छ। कर्मचारीहरुले बिचौलियामार्फत् मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागि १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाइएको हो। ट्राफिक प्रहरी वा […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ औं र १० औं तहका १० कर्मचारीहरुको सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको छ । मन्त्रालयले १० औं तहका ९ जना र नवौं तहका १ जना गरी १० जना कर्मचारीहरुको सरुवा गरेको हो । सरुवा भएका १० औं तहका रबिभुषण सुवाल,डा लुना शर्मा,डा अमर पौडयाल,डा प्रज्वल पौडेल,डा मधुसुदन कायस्थ,डा सन्जीतकुमार श्रेष्ठ,डा […]
मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिँउसो तीन बजे मन्त्रिपरिषद् बैठक डाकिएको हो । आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावका साथैं सहसचिव सरुवाको निर्णय पनि हुन सक्ने जनाइएको छ । गत वैशाख पहिलो सातामैं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २७ जना सहसचिव सरुको सूची क्याविनेटमा पठाएको थियो । तर,मन्त्रीहरुले मुख्यसचिव डा बैकुण्ठ […]