कक्षा १२ को परीक्षा नरोकिने,निजामती कर्मचारी परिचालन गरेर सञ्चालन हुने

सरकारले निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन गर्ने तयारी गरेको छ । झण्डै तीन सातादेखि शिक्षक आन्दोलनका कारण कक्षा १२ को प्रभावित हुने स्थिति बनेपछि परीक्षा निर्धारित समयमा गराउने तयारी स्वरुप निजामती कर्मचारी खटाउन लागिएको हो ।

बिज्ञापन

 

बिज्ञापन

आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने र तोकिएकै समयमा सञ्चालन गर्ने निर्णय गरेको हो । लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सक्ने कर्मचारीले १२ कक्षाको परीक्षा सञ्चालन गर्न नसक्ने कुरै हुँदैन । जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीले कर्मचारी परिचालन गरेर, नेपाल सरकारले जिम्मा लिने गरी तोकिएकै समयमा परीक्षा लिने निर्णय भएको छ । त्यही कारण प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर परीक्षा सञ्चालन गर्न लागिएको हो ।

कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ। झण्डै साढे ५ लाख विद्यार्थीहरु परीक्षामा सामेल हुँदैछन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

मन्त्रीका लागि मागिएको एनटीएनसीको गाडी कहाँ पुग्यो ? मन्त्रालयको अभिलेखमै छैन, प्रयोगकर्ताबारे पनि अन्योल

सामान्यका दुई कर्मचारी बर्खास्त,अध्ययन बिदामा विदेश हराउनेको खोजी तिव्र

कर्मचारीहरू कोही बिदा बस्दै, केही राजीनामा दिँदै

निजामती विद्येयकमा ३०- ५५ प्रावधानबारे सांसदको प्रश्न,मन्त्रीको अस्पष्ट जबाफ

शाखा अधिकृत,सब इन्जिनियर,लेखापालसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष