कक्षा १२ को परीक्षा नरोकिने,निजामती कर्मचारी परिचालन गरेर सञ्चालन हुने

सरकारले निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन गर्ने तयारी गरेको छ । झण्डै तीन सातादेखि शिक्षक आन्दोलनका कारण कक्षा १२ को प्रभावित हुने स्थिति बनेपछि परीक्षा निर्धारित समयमा गराउने तयारी स्वरुप निजामती कर्मचारी खटाउन लागिएको हो ।

बिज्ञापन

 

बिज्ञापन

आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने र तोकिएकै समयमा सञ्चालन गर्ने निर्णय गरेको हो । लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सक्ने कर्मचारीले १२ कक्षाको परीक्षा सञ्चालन गर्न नसक्ने कुरै हुँदैन । जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीले कर्मचारी परिचालन गरेर, नेपाल सरकारले जिम्मा लिने गरी तोकिएकै समयमा परीक्षा लिने निर्णय भएको छ । त्यही कारण प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर परीक्षा सञ्चालन गर्न लागिएको हो ।

कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ। झण्डै साढे ५ लाख विद्यार्थीहरु परीक्षामा सामेल हुँदैछन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइएनजिओसँग हार्यो चौधरी समूह, टुंगियो थापाथलीस्थित ६ रोपनी जग्गाको स्वामित्व विवाद

५२ भाइको मुद्दामा आज फैसला सुनाइँदै

राज्य व्यवस्था समितिका सभापतिले यसरी बनाएछन कर्मचारीलाई पंगु

चण्डी इतिहासकै कमजोर महानिर्देशक:-मिसन ८४ का नाममा उठाइधन्दा, अख्तियारको नजरमा विभाग

१६ औ अभिव्यक्ति शृङ्खला सम्पन्न

कवितामा रोल्पाली स्वर

संवैधानिक पदाधिकारीको मुद्दामा फैसलाको मिति तोके यता अख्तियारले चलायो २६ मुद्धा

उत्तरगया गाउँपालिकामा एनजीओको लुट : महालेखाले देखायो पाइलैपिच्छे खोट

बिशेष