नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था विभागका पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिस भट्ट रहेका छन् । भट्ट नक्कली लाईसेन्स प्रकरणका प्रमुख आराेपित मानिएका छन् । नक्कली सवारी लाईसेन्स जारी प्रकरणमा अनुसन्धानका क्रममा सिआईबीले उनलाई नियन्त्रणमा लिएको हो । भट्ट यसअघि नक्कली लाईसेन्स प्रकरणमै अख्तियारबाट प्रतिवादी कायम भईसकेका व्यक्ति […]

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा भएको तोडफोड, निकुञ्जका कर्मचारी माथि भएको हातपात, दुर्व्यवहार र अपमानजनक अभिव्यक्तिप्रति प्रगतिशील वन प्राविधिक सङ्घले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । वैशाख १४ गते दिउँसो नेपाली कांग्रेश नेता एवं तरुणदल रसुवाको सभापतिको नेतृत्वमा उक्त घटना भएको भन्दै सो घटनाको संघले निन्दा एवं भत्सना गरेको हो । २९औं वन्यजन्तु सप्ताह तथा १२औं […]

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० रनले पराजित गरेको हो । दिल्लीले दिएको २५८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको हो । मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६३ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले ४६ रन […]

विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन । संयुक्त राष्ट्र संघका एजेन्सी र विकास समूहहरूका अनुसार द्वन्द्वका कारण २८२ मिलियन मानिसहरू तीव्र भोकमरीबाट ग्रस्त भएका छन ।उनीहरूका अनुसार विशेष गरी गाजा र सुडानमा २०२३ मा खाद्य असुरक्षा अत्याधिक रूपमा बढेको उनीहरूको भनाइ छ । चरम मौसमी घटनाहरू र आर्थिक झट्काहरूले तीव्र खाद्य असुरक्षा सामना […]

बझाङ । बझाङ १ (१) मा हेलिकप्टरबाट मतपेटिका ल्याइदैछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी छ । साइपाल गाउँपालिकाको दुई वटा मतदान केन्द्रमा खसालिएको मतपेटिका भौगोलिक कठिनाइका कारण मतगणनास्थल पु¥याउन समस्या भएका कारण मतगणनामा ढिलाइ भएको हो । सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहका अनुसार ती मतपेटिका लिन अहिले […]

कुनै समय निजामती सेवाको छुट्टै सान र सम्मान थियो । अहिले कर्मचारी र भ्रष्टाचार एक अर्काको पर्याय बन्न पुगेको छ । हुँदाहुँदै कार्यालयमै यौनजन्य गतिविधि गर्ने कर्मचारीको संख्या समेत बढ्न थालेको छ । यस्तै बदमासीमा डामिएका छन् अर्काे उपसचिव,जो काण्ड छरपष्ट भएपछि फरार छन् । यस्तो बदमासीमा डामिएका उपसचिव हुन रुपेशकुमार साह । ५ वर्षदेखि […]

स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ सरकारको आयोजनामा आजदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने […]

मन्त्रीमा केही नयाँ गरौं भन्ने हुटहुटी छ तर कसरी चल्ने भन्ने ढंग छैन । राजनीतिज्ञले त स्थायी सरकार मानिने ब्युरोक्रेसीलाई हातमा लिएर पो काम गर्नुपर्ने हो तर तिनैलाई दुश्मनको व्यवहार गर्न थालेपछि नयाँ मन्त्रीसँग आजित छन्, कर्मचारी । आधा आधा घण्टामा मिटिङ डाक्ने, घण्टा घण्टामा प्रगति खोज्ने, बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कर्मचारीलाई थर्काएको–थर्काएकै […]

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदिमा डुवेका दुई जनाको सशस्त्र प्रहरीले बैशाख १४ गते सकुशल उद्धार गरेको छ । सोही जिल्लाको धरान उपमहानगरपालिका ३ बस्ने २३ वर्षिय रविन परियार र झापा जिल्लाको गौरदह गाउँपालिका ३ बस्ने २१ वर्षिय तुलसी प्रसाद पराजुली नुहाउने क्रममा नदिमा डुवेका थिए । सो बारे जानकारी पाउनासाथै सुरक्षा वेश […]

बैसाख १२ गते महोत्तरी जिल्ला मटिहानी नगरपालिका -६ जरलहवा टोल गाँउ बस्तिमा आगलागी बाट प्रभाबित भएका स्थानियलाइ सशस्त्र प्रहरी परिवार महिला संघले रहत बितरण गतेको छ । शनिबार संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक खानाको कार्यक्रम गरिएको हो । सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना काल देखी मानविय […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।