राजनीतिक आवरण र शक्तिको कारण चौधरी ग्रुपलाई कसरी पक्षपोषण गरिँदै आएको छ भन्ने दुईवटा सानो उदाहरण हेरौं :- गत कार्तिक पहिलो साता स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएर चुनाव जितेका धरानका मेयर हर्क साम्पाङको शहरमा चौधरी ग्रुपद्धारा उत्पादित वाइवाइ चाउचाउ नक्कली भएको खुल्यो । उपभोक्ताले धरान १५ मदनआश्रित मार्गको आयुष स्टोरबाट किनेको चाउचाउमा नक्कली उत्पादित मिति […]

वन्यजन्तु तस्करमा दोषी ठहर भएका कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धिकरण मुद्दामा पनि दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले तामाङलाई दोषी ठहर गरेको हो। तामाङले सात करोड १४ लाख ७३ हजार ३८२ रुपैयाँ खर्च गरेको देखिए पनि ६ करोड ४७ लाख ७ […]

पूर्व प्रधानमन्त्री एचडी देवगौडाका छोरा एचडी रेवन्ना र नाति प्रज्वल रेवन्नाविरुद्ध यौन शोषणको आरोपमा एफआईआर दर्ता भएको छ । एचडी रेवन्ना कर्नाटक सरकारमा पूर्व मन्त्री भइसकेका ब्यक्ति हुन । । प्रज्वल रेवन्ना कर्नाटकको हसन लोकसभा सीटबाट सांसद र जीडिएसका उम्मेदवार हुन्।   उनीहरुले घरमा भान्सामा काम गर्ने एक महिलाको उजुरीको आधारमा होलेनारसीपुर प्रहरी चौकीमा उजुरी […]

लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्थानीय तह अन्तरगतका सहायक चौथो तह अप्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । कुल ५० जना कर्मचारी माग भएकामा इच्छुक उम्मेदवारले जेठ १७ गतेभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट पुनर्गठनको तयारी थालेका छन् । विश्वासको मत दिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउने र हालैमात्र सात सांसद लिएर उपेन्द्र यादवका पार्टी फुटाउनेहरुलाई मन्त्रीमा नियुक्ति गर्ने तयारी थालेका हुन । जसपा नेपालको विभाजित समूह र नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा समेटेर क्याबिनेट पुनर्गठन गर्न लागिएको छ । […]

प्रतिनिधि सभाको बजेट अधिवेशन आज बस्दै छ । विद्येयक अधिवेशनका रुपमा हेरिएको हिँउदे अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य भएसँगै संघीय निजामती सेवा विद्येयक अलपत्र परेको छ । संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभाको एउटा सिटिङमा मात्र अल्झिएको छ । आज बस्ने बैठकले उक्त विद्येयक राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको खण्डमा उक्त समितिमा […]

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ । संघीय अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो । त्यसको तीन सातापछि सरकारको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेका हुन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ […]

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टी फुट्ने हल्ला पार्टीको अहित चाहनेहरुको दुस्प्रचारमात्र भएको प्रतिक्रिया दिएका छन् । पार्टीका १८ सांस्द नै माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्दछ भन्नेमा एक ढिक्का रहेको उल्लेख गर्दै पार्टी फुट्ने कुरा उडन्ते हल्लामात्र भएको बताएका हुन । उनले भने,हाम्रो पार्टीलाई सरकारमा नरहेका मान्छेहरुले फुटाइदिने होइन । संसदभित्र रहेका मान्छेले फुटाउन […]

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंगलबार दिउँसो ३ गते संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री […]

सरकारले डीआइजीद्धय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई (एआईजी) प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ । आज सिंहदरबारमा बसेको क्याविनेट बैठकले डीआइजीद्धय जोशी र ढकाललाई एआईजीमा बढुवा गरेको छ । ढकाल अहिले प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर केन्द्रीय प्रहरी प्रवक्ताको भूमिकामा छन् । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।