सरकारले सरकारी कर्मचारीको सेवासुविधा समानुकूल र आकर्षक बनाउने जनाएको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन । उनले राष्‍ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल, आकर्षक, पूर्वानुमानयोग्य र समन्यायिक बनाई राष्‍ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त तुल्याइने घोषणा गरे । राष्ट्रसेवक कर्मचारीहरुको सेवासुविधा समयानुकूल,आकर्षक,पूर्वअनुमानयोग्य र समन्यायिक बनाइ राष्ट्र सेवकलाई व्यवसायिक,उत्प्रेरित […]

सरकारले संघीय निजामती ऐन यथाशीघ्र ल्याउने जनाएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन् । राष्ट्रपति पौडेलले संघीय निजामती सेवा ऐन यथाशीघ्र कार्यान्वयनमा लाई निजामती प्रशासनलाई चुस्त,परिणामुखी बनाइने बताएका हुन । यस्तै प्रदेश निजामती सेवा र स्थानीयलाई व्यवस्थित बनाउने घोषणा […]

सरकारले शिक्षकको पारिश्रमिक मासिक रूपमा दिने व्यवस्था मिलाउने भएको छ । मंगलबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त व्यवस्था मिलाइने जानकारी दिएका हुन् । शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति […]

टाटा मोटर्सले प्यासेन्जर सवारी बजारमा आफूलाई एउटा महत्वपूर्ण खेलाडीको रुपमा प्रस्तुत गरेको छ । यसका साथै टाटा मोटर्सले भारतको ईभी कार बजारको ठूलो हिस्सा समेत ओगटेको छ । कम्पनीले गत साता चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्ष ७३ हजार ८ सय ईभी कार बिक्री गरेको जनाएको छ । जुन अघिल्लो आवको तुलनामा ४८ […]

सरकारले मालपोत र नापीसम्बन्धी आधारभुत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले भने, ‘भौगोलिक सूचना प्रणालीमा आधारित जैविक जग्गा मूल्यांकन पद्धतिका विकास गरी जग्गाको खरिद बिक्रीमा हुने मूल्यलाई पारदर्शी र […]

कृषि तथा वन सेवा समूहमा रिक्त एक सचिव पदका लागि ३ जना सहसचिवको नाम सिफारिस भएको छ ।कृषि तथा वन कलष्टरतर्फ सचिव(विशिष्ट श्रेणी) पदमा बढुवाका लागि सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवको नाम सिफारिस गरेको हो । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन समूहबाट कृषितर्फका सहसचिवहरु सञ्जीवकुमार […]

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा १२ करोड ५९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ६१०.१८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनी कम्पनीले १ करोड ७७ लाख रुपैयाँबराबरको […]

प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन् । बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मूल समारोह समितिको […]

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । बैठकले नीति तथा कार्यक्रम पारित गर्ने एक मन्त्रीले जानकारी दिए । आजै सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।

झापा । झापाको बिर्तामोडस्थित बिवादास्पद गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरहरुले तीन महिनादेखि ज्याला पाएका छैनन् । मजदुरले लामो समयदेखि पारिश्रमिक नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको बताएका छन् । चिया बगानमा १ सय ७० जना मजदुर कार्यरत छन् । प्रत्येक १२÷१२ दिनमा उनीहरुले पारिश्रमिक पाउँदै आएका थिए । ‘तीन महिना बितिसक्यो, बिहान बेलुका छाक टार्न कठिनाई […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।