सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए।

सरकारले काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक बर्षको बजेट वक्तव्यमार्फत सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने बताएका हुन् । दाहाल प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डकी श्रीमती हुन् । उनको गएको असार २७ गते निधन भएको थियो ।

सरकारले विदेशबाट फर्किएका नागरिकलाई स्वरोजगार बनाउन ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत विदेशबाट फर्किएका एक लाख नागरिकलाई स्वरोजगार बनाइने घोषणा गरेका हुन् ।  

सरकारले आगामी आर्थिक वर्षभित्र भैरहवामा एकीकृत जाँच चौकी र रसुवामा सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने भएको छ। संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१÷८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्। अर्थमन्त्री पुनले आगमी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्न बजेटको विनियोजन गरेको जानकारी […]

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । यसका लागि आवश्यक पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू अघि बढाइने अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जानकारी दिए ।

सरकारले गाँजाको खेती गर्न कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘औषधी प्रयोजननका लागि गााजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने छ ।’ सरकारको यो घोषणलाई सांसदहरूले ताली बजाएर स्वागत गरेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले आगामी डेढ महिनाको अवधिमा करिब चार खर्ब रूपैयाँ राजस्व उठ्ने अनुमान प्रस्तुत गरेका छन्। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले चालु वर्षमा १२ खर्ब ५३ अर्ब राजस्व उठ्ने प्रक्षेपण गरेको बताएका हुन्। चालु वर्ष सकिन अब डेढ महिना मात्रै बाँकी छ। अहिलेसम्म ८ खर्ब ६३ अर्ब रूपैयाँ मात्रै […]

चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरिएको छ । मंगलबार संघीय संसद् बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लक्ष्यानुसार यो वर्ष राजस्व संकलन नहुने बताएका हुन् । यो लक्ष्यको तुलनामा ८८.१ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७२ […]

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणपछि २४ हजारभन्दा धेरै व्यक्ति समावेशी कोटाबाट सरकारी सेवामा प्रवेश गरेका जनाएको छ । आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै मंगलबार अर्थमन्त्री वर्षमान पुनले यस्तो विवरण सार्वजनिक गरेका हुन् ।

काठमाडौं । सरकारले अबदेखि महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने भएको छ । मंगलबार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा ४ दिनसमम ट्राफिक प्रहरीलाई छुट्टी दिने घोषणा गरेका छन् । लामिछानेलले मापसे कारबाहीमा परेकालाई सडकमा खटाउने पनि घोषणा गरेका छन् । यसअघि महिला प्रहरीलाई महिनावारीको समयमा छुट्टी दिने […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।