अझैं रोकिएन भिजिट भिषाको नाममा ठगी धन्दा,गृहमा पुग्यो उजुरी

मानव तस्करीको एउटा गतिलो माध्यम बनेको छ ‘भिजिट भिसा’ । सेटिङ्गमा भिजिट भिसामा सर्वसाधारणलाई विदेश पठाइएको र मानव तस्करी गरेको आरोपमा केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका केही अधिकृत र ट्राभल एजेन्सीका सञ्चालकहरु पक्राउ परेपछि यो तथ्य सतहमा आएको हो । पक्राउ परेकाहरुविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । प्रहरी स्रोतका अनुसार मानव तस्करीका नाइकेहरु भने उम्किएका छन् । अध्यागमनमा एकसय ४० जना कर्मचारी कार्यरत छन् । जसमध्ये झण्डै एक दर्जनको मानव तस्करी चलाउने ट्राभल एजेन्सीसँग सम्पर्क हुने गरेको बताइन्छ ।

बिज्ञापन

प्रहरीले कार्यालयमा कार्यरत अधिकृतहरु नरवीर खड्कालगायत २२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । भिजिट भिसामा पठाउन दुई लाख रुपैयाँ बुझिसकेको अवस्थामा पक्राउ परेका अधिकृत खड्काबाहेक सबै फरार छन् । यही प्रकरणमा फरार रहेकाहरु अष्ट्रलिया र हङकङतिर भागिसकेको बताइन्छ ।तर अध्यागमनका कर्मचारीहरुले अझैं चेत फिरेको छैन । खड्काले प्रहरीले अध्यागमनमा घुस उठाउन सहजीकरण समिति नै रहेको बयान दिएका थिए । उनका अनुसार त्रिभुवन विमानस्थल अध्यागमनमा खटिएका अधिकृतहरुले औसतमा प्रतिदिन ४५ हजारसम्म आम्दानी गर्ने गरेको तथ्य प्रकाशमा आएको छ । यसरी कीर्त काम गरे वापत एक जना अधिकृतको भागमा दैनिक ४५ हजारसम्म अतिरिक्त रकम पर्ने गरेका खड्काले प्रहरीलाई बयान दिएका हुन । यही प्रकरणमा डामिएर अदालतबाट पक्राउ पूर्जी जारी भएका ८ अधिकृत फरार छन् । जसमा एक अष्ट्रेलिया र अर्को हङकङ पुगेको अनुसन्धान अधिकारीहरुले जनाएका छन् । यसरी भाग्ने अधिकृतहरुमा ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, ताराबहादुर कुँवर र सुजन फागो रहेका थिए ।

बिज्ञापन

यसैबीच त्रिवि अध्यागमनमा यस्तो धन्दा अझैं नरोकिएको तथ्य सहित गृहमा उजुरी पुगेको छ । अध्यागमनका रात्री डेस्कमा कार्यरत केही अधिकृतहरुको मिलेमतोमा झण्डै ५ सय युवायुवतीलाई त्यसरी विदेश पठाइएको उजुरी गृहमा पुगेको छ । यस्मा केही अधिकृत,उपसचिवको नाम नाम पोलिएको छ । यो टोलीले सहजीकरण समिति बनाएरै घुस उठाइरहेको उजुरीमा उल्लेख गरिएको छ ।

गृह मन्त्रालयले तयार पारेको ६ बुँदे मापदण्ड लाई लत्याउँदै अध्यागमन कार्यविधि को दफा ३,३ (१) को गलत व्याख्या गरी यात्रुहरूलाई अनावश्यक हैरानी र दुख दिने र यात्रुहरूले बुकिङ डटकम बाट गरेको होटेल बुकिङ लाई समेत अध्यागमन अधिकृतले चेक गर्ने बहानामा क्यान्सिल गरिदिएर होटेल बुकिङ छैन भनी मापदण्ड पुगेन भनेर फर्काउने गरेको यात्रुहरूले गुनासो गरेका छन् । यस्तो कार्यमा हाल रात्रि समूह बेटा समूहका तीन जना अधिकृतको नाम पोलिएको छ भने यो प्रकरणमा ४ जना उपसचिवहरुले सहजीकरण गरिरहेको उजुरी गृहमा पुगेको छ ।यो समूहले घुस वापत रकम बुझाउनेलाई सहजै अनुमति दिने र रकम नदिनेलाई रोक्ने गरेको उजुरीमा उल्लेख छ । सहजीकरण समितिले प्रमुख अध्यागमन अधिकृत गोगन हमाललाई समेत प्रलोभनमा पारी सेटिङलाई स्थांगत गर्ने प्रयास गरिरहेको व्यहोरा उल्लेख गरिएको छ ।

बिज्ञापन

अध्यागमनकै कर्मचारीबाट गृहमा पठाइएको उजुरीमा यही फागुन १३ देखि १६ गतेसम्मको रात्रि समूहबाट ५०० युवा युवतिलाई विलदेश पठाउँदा लेनदेन भएको आरोप लगाइएको छ । लेनदेन भिलेका पाँच् सय हाराहारीलाई अनुमति दिइएको र रकमको कुरा नमिलेको एक सयभन्दा बढीले प्रस्थान अनुमति नपाएको उजुरीमा उल्लेख छ । यसले गृह मन्त्रालयले बनाएको मापदण्ड ले कर्मचारिको सेटिङलाई केही छुदैन भन्ने प्रष्ट पारेको छ । अध्यागनमा कार्यरत कर्मचारीहरु हेर्ने हो अधिकांश विवादित र दोह्रोर्याई,तेह्रेयाएर पुगेका देखिन्छन्,ती पनि विवादित पृष्टभूमिका । यस्ले गृह मन्त्रालयले कर्मचारी व्यवस्थापन सम्बन्धमा बनाएको मापदण्ड निम्सरा कर्मचारीका लागि मात्र रहेछ भन्ने प्रष्ट पारेको बताइन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

National Security Council reviews India-Pakistan latest developments

कासमूको सक्कल पठाइदिन सामान्यको परिपत्र

बिशेष