मनोज न्यौपाने पक्राउ, कर्जा प्रवाहमा गडबडी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)ले प्रभु बैंकको डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेको छ । कर्जा प्रवाहमा गडबडी गरेको भन्दै व्युरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

बिज्ञापन

न्यौपाने २०७८ असारमा सेञ्च्युरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । प्रभु बैंक र सेञ्च्युरी मर्ज भएपछि न्यौपाने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनेका हुन् । न्यौपानेले सेञ्च्युरी बैंकमा हुँदा प्रवाह गरेको ऋणकै विषयमा प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकको अनुरोधमा दुरुपयोग भएको ऋणको अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ । सोही अनुसन्धानको शिलशिलामा न्यौपानेलाई पक्राउ गरिएको हो । न्यौपाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालका भाञ्जा हुन् ।

उनी सहित यो प्रकरणमा ११ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ। थप एक जनालाई पनि पक्राउ गर्ने सीआईबीको तयारी छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन जगेडामा रहेका ३६ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

यी ६ कारणले स्थगित भयो उपसचिवको परीक्षा

उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित

‘घुस्याहा अड्डा’बाट सरुवा भएका दुई मालपोत प्रमुख पुगे प्रशासकीय अदालत

नवौं तहका १६ कर्मचारीहरुको सरुवा,फेरिए यातायात र उद्योग कार्यालयका प्रमुखहरु

करार सेवाका कर्मचारीलाई बोक्ने स्थायीलाई छेक्ने,सचिवज्यू, यही हो त सुशासन ?

इपीएस परीक्षा पास गरेकाहरुको पक्षमा श्रम मन्त्रालयले गर्‍यो यस्तो निर्णय

“घर… एक सपना” अब DishHomeGO OTT एपमा, भोलिबाट सुरु स्ट्रिमिङ

बिशेष