मनोज न्यौपाने पक्राउ, कर्जा प्रवाहमा गडबडी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)ले प्रभु बैंकको डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेको छ । कर्जा प्रवाहमा गडबडी गरेको भन्दै व्युरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

बिज्ञापन

न्यौपाने २०७८ असारमा सेञ्च्युरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । प्रभु बैंक र सेञ्च्युरी मर्ज भएपछि न्यौपाने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनेका हुन् । न्यौपानेले सेञ्च्युरी बैंकमा हुँदा प्रवाह गरेको ऋणकै विषयमा प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकको अनुरोधमा दुरुपयोग भएको ऋणको अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ । सोही अनुसन्धानको शिलशिलामा न्यौपानेलाई पक्राउ गरिएको हो । न्यौपाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालका भाञ्जा हुन् ।

उनी सहित यो प्रकरणमा ११ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ। थप एक जनालाई पनि पक्राउ गर्ने सीआईबीको तयारी छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीहरुको अध्ययन बिदा र विदेश भ्रमणमा एकरुपता कायम गरिँदै

तस्करीको हब बन्दै कोरला भन्सार,अनुसन्धानको राडारमा दर्जनौं कर्मचारी

प्रमुख प्रशासकीय माथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्धारा भर्त्सना

बजेटअघि कर हेरफेरको सूचना चुहिएको आशंका : सशस्त्र प्रहरीद्वारा ७७५ बीवाईडी गाडी नियन्त्रणमा

कर्मचारी प्रेसको निरन्तर खुलासापछि मन्त्रालयको छानबिन टोली मुस्ताङमा

सरकारको प्रशासनिक सुधार आयोगको निर्णयमाथि प्रश्न : कर्मचारीको भविष्य अन्योलमा

कसले दियो करको पूर्व सूचना ?

शाखा अधिकृतको बढुवा सूची संशोधित

बिशेष