प्रशासकीय अधिकृत खटन पटनसम्बन्धी अर्को मापदण्ड बन्दै,कार्यन्वयनमा आशंका

मन्त्री परिवर्तन हुन्छन्,ठूलै हल्ला खल्लाका साथ कर्मचारी खटन पटन सम्बन्धी नयाँ मापदण्डको मस्यौदा बन्छ तर कार्यन्वयनमा जाँदैन । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विगत केही समय देखि देखिरहेको जात्रा हो यो । विगतमा अमनलाल मोदी र अनितादेवीहरुको समयमा बनेको मापदण्ड तुहिएपछि अहिले एकीकृत समाजवादीको कोटामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । मन्त्री भानुभक्त जोशीको हनिमुन पिरियड एक सय दिन हालै सार्वजनिक भएको छ । मन्त्री जोशीले एक सय दिनका ३६ उपलव्धी हालैमात्र मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरे ।
तर त्यो प्रेस मिटमा अर्थातद एक सय दिनको उपलव्धीभित्र प्रमुख प्रशासकीय अधिकृत सरुवासम्बन्धी मापदण्ड अटाएन ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी सरुवासम्बन्धी मापदण्ड कार्यविधि, २०८० र प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी मापदण्ड निर्माणको काम धमाधम अगाडि बढाइरहेको छ । विगतमा अमनलाल मोदी,अनितादेवी मन्त्री हुँदा यो मापदण्ड निर्माणको काम भएको थियो तर मन्त्रीकै टेबलमा थन्किइएको उक्त मापदण्डको मस्यौदालाई मूर्तरुप दिने काम अगाडि बढिरहेको छ ।

बिज्ञापन

मन्त्रालयले कर्मचारी सरुवालाई व्यवस्थित पार्नका लागि हरेक दिनजसो हुँदै आएको सरुवा अब सातामा दुई दिनमात्र गर्ने तयारी गर्दैछ । जसका लागि सोमबार र बिहिबार छुट्टाइएको छ । यस्तै सरुवाका लागि उसले निवेदन अनिवार्य दर्ता गनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । अनलाइन निवेदनलाई मन्त्रालयले प्राथमिकता दिने मापदण्डको मस्यौदामा उल्लेख गरिएको छ ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरुवासम्बन्धी मापदण्ड समेत तयार पार्दैछ । सामान्य प्रशासन मन्त्रालये प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाउँदा कर्मचारीको पदाधिकार मन्त्रालयको अतिरिक्त समूहमा राख्ने, खटिने प्रमुख प्रशासकीय अधिकृतको तलबभत्ता सम्बन्धित स्थानीय तहबाट भुक्तानी हुनेछ । स्थानीय तहको स्वीकृत दरबन्दी तेरिजबमोजिम प्रमुख प्रशासकीय अधिकृत तत्काल खटाउन नसकिने भएमा एक श्रेणीमुनिको पदमा कम्तीमा ५ वर्ष कार्य अनुभव भएको सोही सेवा समूहको संघीय निजामती कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाउन सकिनेछ । यसरी खटाउँदा स्थानीय तहमा कार्यरत कर्मचारीभन्दा कनिष्ठ कर्मचारी खटाइने छैन । तर गाउँपालिकाको हकमा भने राजपत्रांकित तृतीय श्रेणीको अधिकृतस्तर कर्मचारी नै खटाउनु पर्ने मस्यौदामा उल्लेख छ ।

बिज्ञापन

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा जहिल्यै रडाको भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरुवा मापदण्ड निर्माणमा जुटेको हो सामान्य प्रशासन मन्त्रालय ।

उक्त मापदण्डमा अवकाश हुने पाँच वर्षभन्दा कम अवधि बाँकी रहेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा नखटाइने, विशेष परिस्थितिमा बाहेक आर्थिक वर्षको अन्तिम त्रैमासिकमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा नगर्ने र प्रमुख प्रशासकीय अधिकृतको कार्यावधि कम्तीमा दुई वर्षको हुने बनाउन खोजिएको छ ।  मन्त्रालयले खटाएको स्थानीय तहमा जान नमान्ने कर्मचारीको तलब भत्ता नै रोक्का गर्नेदेखि हाजिर गर्ने नदिने वा बीचबाटै कर्मचारी फिर्ता पठाउने पालिकाको अनुदान कटौती गर्नेसम्मको तयारी थालेको बताएका छन् ।

प्रस्तावित मापदण्डमा दुर्गममा बसेकाहरुलाई सुगममा मौका दिने, सुगममा धेरै बसेकालाई दुर्गममा पठाउने लगायतका प्रस्ताव गरिएका छन् । यस्का अलवा जथाभावी निमित्तको जिम्मेवारी नदिने र दिनुपर्दा तीन वर्ष अनुभव अनिवार्य गर्दै वरिष्ठताका आधार बनाउने उल्लेख छ । मस्यौदामा मन्त्रालयबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएमा आधिकारिक कारण खुलाउनुपर्ने र त्यहाँ पर्ने प्रभावको सबै जिम्मा सम्बन्धित पालिका प्रमुख नै हुने लगायतका विषय पनि छन् । यस्का सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने स्थानीय निकायको अनुदान रोक्का गर्ने र खटाएको प्रमुख प्रशासकीय अधिकृतकै नाममा खाता संचालन गर्नका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयलाई मन्त्रालयले पत्राचार गर्ने, खटाएको स्थानीय तहमा नजाने कर्मचारीलाई कारबाहीको भागिदार बनाउने । खटाएको कार्यालयमा नजाने कर्मचारीलाई तलव भत्ता खुवाउने लेखा अधिकृत र कार्यालय प्रमुखलाई क्षतिपूर्ति तिराउने ब्यवस्था लगायतका प्रस्ताव गरिएका छन् ।

कर्मचारीको स्थायी ठेगाना र रुचि हेर्ने, विभिन्न सेवा समूहका कर्मचारीलाई प्राथमिकता दिने, अवकास हुनुभन्दा ५ वर्षअघिका कर्मचारीलाई स्थानीय तहमा नपठाउने लगायतका व्यवस्था पनि गर्न पनि मापदण्डमा प्रस्ताव गरिएको छ ।

उसो त यस अघि यस्तो मापदण्ड पूर्वमन्त्री अमनलाल मोदी र अनितादेवी साहले पनि नबनाएका होइनन् । पूर्व मन्त्री मोदी र अनितादेवीले झैं नवनियुक्त मन्त्री जोशीले पनि प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा र व्यवस्थापनको मापदण्ड बनाउनतिर लागिपरेका छन् । यस अघि अमनलाल मोदी र अनिता देवी साहको पालामा पनि यस्तो मापदण्ड नबनाइएको होइन तर कार्यन्वयन हुन सकेन । मोदीले सामान्यका तत्कालीन सहसहसचिव बलराम रिजाल र अनितादेवीको समयमा सहसचिव सुमन दाहालको नेतृत्वमा स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी मस्यौदा तयार भएको थियो । तर हल्ला ठूलो भयो,कार्यन्वयन भएन । यस पटक पनि त्यस्तै हुनेमा आंशका गर्ने ठाँउ प्रशष्त छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष