सोमबार दिउँसो परेको वर्षाका कारण हेटौंडामा बागमती प्रदेशसभा भवन जलमग्न भएको छ । उक्त भवनको भित्र र बाहिर पानी जमेको छ ।
बिज्ञापन
प्रदेशसभा भवनमा ढल निकासको प्रबन्ध नहुँदा दिउँसाे २ बजेदेखि परेकाे वर्षापछि पानी जमेको हो ।वर्षाको पानीको उपयुक्त निकास नहुँदा सचिवालय परिसर तलाउ जस्तै बनेको छ ।
बिज्ञापन
सचिवालय परिसरमा पानी जम्दा प्रदेशसभा बैठक समेत प्रभावित हुन पुगेको थियो । दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक परिसरमा पानी जमेपछि बस्न समस्या भएको थियो ।