प्राधिकरणको अध्यक्षमा मन्त्रीका सल्लाहकार,आयल निगमको कार्यकारीमा भट्ट नियुक्त

नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त भएका छन् । आज बसेको क्याविनेट बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माका सूचना प्रविधि सल्लाहकार भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।

बिज्ञापन

कार्यकाल बाँकी छँदै अध्यक्ष पुरुषोत्तम खनाललाई राजीनामा दिन लगाएर त्यहाँ दरखास्त खुलाइएको थियो । जहाँ २५ जना आवेदकको आवेदन दिएका थिए । सर्ट लिष्टमा उनै भण्डारीसहित अरु दुई जनाको नाम सिफारिस भएकोमा आज बसेको क्याविनेट बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।
यस्तै आजै बसेको क्याविनेटले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डीका भट्टलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

 

कार्यकाल बाँकी छँदै उमेश थानीले राजीनामा दिएर हिडेसँगै रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि आयल निगमले पुस ७ गते दरखास्त आह्वान गरेको थियो । आयल निगमको कार्यकारी खानका लागि १४ भाइले आवेदन दिएका थिए । जसमा गोर्खाका चण्डिकाप्रसाद भट्टसहितका मोरङका तीन जना पङ्कजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् । त्यस्तै टोखा–६, काठमाडौँका दिलीप शेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–१, , लक्ष्मीपुर–८, दाङका वसन्तकुमार पाण्डे, बागलुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका–२४ का शत्रुध्नप्रसाद पुडासैनीले निवेदन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका–३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका–८, काठमाडौँका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका–१४, चितवनका डा। डोलप्रसाद चापागाईँ, टोखा नगरपालिका–८, काठमाडौँका सहदेव चन्द, धनुषाधाम–२ का रामदेव यादव र राजविराज–१३, सप्तरीका सञ्जीवकुमार श्रेष्ठले निवेदन दिएका छन् ।

बिज्ञापन

यीमध्येबाट चण्डीका भट्ट,दोश्रोमा डोलप्रसाद चापागाई र तेश्रोमा शत्रुध्न प्रसाद पुडासैनी सर्ट लिष्टमा परेका छन् । काँग्रेसको नेतृत्वसँग अति निकट देखिएका र चतुर खेलाडीका रुपमा चिनिएका भट्ट नै आयल निगमको कार्यकारीको कुर्सीमा पुग्न सक्ने देखिएको समाचार बिहान मात्र कर्मचारी प्रेसले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा हुँदै

नेपाली सेनाका २२ जना कर्नेलहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

बिशेष