सिडिईले साढे दुई करोड अकुत कमाएको ठहर, ६ महिना कैद सजाय

विशेष अदालतले तत्कालीन इञ्जिनियर जितेन्द्र राज शाक्यलाई भ्रष्टचार मुद्धामा दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाक्य सडक विभागअन्तर्गत मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना दाङका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र राज शाक्यविरुद्ध २ करोड २५ लाख ४ हजार १० रुपैयाँ ७८ पैसा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

शाक्यले १०५ वटा नक्कली कोटेसन बनाई २ करोड ४४ लाख भन्दा बढी रकम हिनामिना गरेको आरोपमा प्रतिवादी बनाएर दायर गरेको मुद्धामा बिशेष अदालतले भ्रष्टचार भएको ठहर गर्दै उनीबाट जरिबानासहित दुई करोड, ४४ लाख, ९३ हजार ७६५ रुपैयाँ असुल र ६ महिना कैद समेत हुनेगरी फैसला गरेको हो । २ साउन २०३४ मा सार्वजनिक सेवामा प्रवेश गरेका शाक्यले ३१ असार २०७६ सम्म आर्जन गरेको सम्पत्तिमाथि अख्तियारले छानबिन गरेको थियो ।सरकारी सेवामा रहेका इन्जिनियर चौधरीको अस्वभाविकरूपमा घर जग्गा जोडेको, छोराछोरीको शैक्षिक खर्च गरेको तथा छोराछोरीका नाममा समेत बैंक मौज्दात देखिएको भन्दै तीन करोड ९९ लाख ४४ हजार ३४२ रुपैयाँ विगो दाबीसहित अकुत सम्पत्ति आर्जनमा ०७६ साल फागुन ४ मा मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

सोमबार विशेष अदालतका अध्यक्ष न्यायाधीशत्रय टेकनारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गत पुस २९ मा फैसला गरी सोमबार सजाय निर्धारण गरेको हो ।

विशेषले श्रीमती किरण चौधरी र छोरा अभिषेकका नाममा रहेको सम्पत्तिबाट असुल गर्ने आदेश भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रिजालद्वारा पदबाट राजीनामा

निलम्बन प्रक्रियामा उपसचिव, कीर्ते प्रकरणमा प्रहरी अनुसन्धानमा तानिए महानिर्देशक

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

हस्तान्तरणपछि PIS Portal सञ्चालनमा प्रदेश सरकार सक्रिय, ३५ दिनमै १०.६ प्रतिशतले वृद्धि

चार बर्ष जागिर अवधि छँदै शाखा अधिकृतबाट राजीनामा,एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

पौने चार करोड बैंक जमानत लिएर रवि लामिछानेलाई छाड्न आदेश

बिशेष