डरलाग्दो छ नेपाली दूरसञ्चारको भित्री संसार

नेपालको सूचना तथा प्रविधि क्षेत्रमा सुनिल–विकलजस्ता भष्मासुरहरूको उदय भयो । माथिसम्मकै ‘नेक्सस’ बिना यसरी ब्रह्मलुट मच्चाउन सम्भव हुँदैन । कहिले बहालवाला मुख्यसचिवसँग नाम जोडिएको छ त कहिले कुनै नेताका पुत्रको खातामा ६ करोड हालिदिएको चर्चा छ । करार सेवाबाट जागिर शुरु गरेको व्यक्तिले बिना मिलेमतो २० वर्षमा यत्तरी लुटको साम्राज्य खडा गर्न सम्भव हुँदैन । हिजो पो सिमेन्ट र छड खाएको देखिन्थ्योे । पछिल्लो समय त विज्ञान र प्रविधिको हो । यसमै गुपचुप लुट मच्चाउन सकिन्छ भनेर काम गर्दै थिए तर मुखुण्डो उत्रियो । कर्मचारी, राजनीतिज्ञमात्र होइन पत्रकारको पनि मिलेमतो छ, यो प्रकरणमा । दुनियाँको चियो चर्चो गरिरहने । तिललाई पहाड बनाउनेहरू यस्ता मुद्दामा किन चुप छन् ? के ले टालेको छ तिनको मुख ? यसबाट विकल–सुनिल मात्र होइन नेपालको राष्ट्रियताकै मुखुण्डो उत्रिएको छ ।

बिज्ञापन

पछिल्लो समय दूरसञ्चार प्राधिकरणका धेरै विकृति बाहिर आए । दूरसञ्चारमा इमानका साथ काम गर्नेलाई धेरै कठिनाई छ, तर खानलाई पर्याप्त अवसर पनि छ । काममा केही ढिलाइ गरिदियो, लाइसेन्सकै नाममा पर्याप्त उठाएर खाने ठाँउ छ । भुपराज पाण्डे, सुरेश पुडासैनी र मेरो पालामा प्राधिकरण यति धेरै गन्हाएको थिएन तर अहिले अनियमितताको रसातलमा डुबेको छ । अर्बाै पैसा छ त्यहाँ । ग्रामीण दूरसञ्चारको नाममै २० औं अर्ब छ । साना अपरेटर र लाइसेन्सका नाममा अथाह कमाउने अवसर छ । पैसा देखेपछि महादेवको त्रिनेत्र भन्छन्, व्यापारी, कर्मचारी, उद्यमी, राजनीति सबैको आँखा दूरसञ्चार प्राधिकरणमा छ । राम्रो काम गर्नेभन्दा पनि कसले, कसरी खाने, कसरी कुम्ल्याउने भन्ने ध्याउन्न छ । कर्मचारीले सबैभन्दा धेरै सेवा सुविधा त्यहीं पाउँछन् । कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा ग्रामीण दूरसञ्चारको नाममा रहेको अर्बाै रकमबाट अप्टिकल फाइबर बिच्छ्याउने प्रयास भएको थियो । टेण्डर गर्ने समयमा हट्नुभयो । मन्त्री फेरिएपछि कहिले योजना आयोग त कहिले अर्थ मन्त्रालयतिर फाइल घुमाउने क्रम चल्यो । प्राधिकरणलाई सञ्चार मन्त्रालयले सौता ठान्न थाल्यो । मन्त्रालयको सुब्बाले पनि टेरेनन् प्राधिकरणलाई ।

बिज्ञापन

युटिएलसँग किन अर्बाैं उठाइनस् भनेर अर्थसचिव पड्कने अनि त्यही अर्थ मन्त्रालयले पैसा नतिरे पनि हुन्छ भनेर युटिएललाई पत्र पठाउने भएपछि त्यही पत्रसहित सञ्चार मन्त्रालयलाई लेखेर अर्थमा बोधार्थ पठाउनु प¥यो । पाँच वर्षे कार्यकालका लागि नियुक्त भएको थिएँ । त्यहाँ जागिर खाँदा पेन्सनको रकम पनि माइनस गरेर बुझ्थें । कलेज पढाएकै भए पनि ६०/७० हजार मासिक कमाउँथें । एकातिर स्वायत्त निकाय हो भने, अधिकार पनि खोस्ने । हातखुट्टा बाँधेर दौडिन निर्देशन दिँदा कोही दौडन सक्छ ? यो पोष्टमा बसेर काम गर्न सकिन्न भने बस्नुको औचित्य के ? त्यही भएर तीन वर्षमै राजीनामा दिएर हिँडें ।

वर्तमान अध्यक्ष ज्ञानका हिसाबले दक्ष हुन् । उनको इमान्दारिता के हो म जान्दिनँ । तर, त्यहाँ बेथितिको हद छ । सुधार्न धेरै प्रयत्न गर्नुपर्ने छ । आइएसपीमा लाइसेन्सको लफडा छ । ग्रामीण दूरसञ्चारको बिजोग छ । एनसेलभन्दा धेरै ठूलो भइसकेको छ वल्र्ड लिंक । आम्दानी अर्बमा गर्दछ, राजश्व थोरै बुझाउँछ । उसको लाइसेन्सको म्याद पोहोरै सकिएको हो । तैपनि कसरी र कुन आधारमा काम गर्दैछ ? सञ्चार मन्त्री, सञ्चार मन्त्रालय के हेरेर बसेको छ ? सायद, नेपाल टेलिकमको म्याद अर्काे वर्ष सकिँदैछ । लाइसेन्स इस्यु गर्दा २५ वर्षपछि सरकारको स्वामित्वमा आउने सम्झौता गरिएको छ क्यार । यी अप्ठ्यारो परिस्थितिमा कसरी समस्या समाधान गर्ने ? पाँच वर्षभित्र २० अर्ब बुझाउनुपर्छ भन्ने छ, त्यो संशोधन गर्न कोही तयार नहुने । यसलाई एड्रेस नगरी नेपालको सञ्चार क्षेत्रमा कुनै सुधार हुँदैन ।

बिज्ञापन

शुरु शुरुमा लाइसेन्स होल्ड गर्ने र त्यो बिक्री गर्ने खेलो पनि नचलेको होइन । अहिलेको टेलियासोनेरा (एनसेल)को लाइसेन्स पहिला खेतान समूहले होल्ड गरेको हो । स्पाइसको नाममा लाइसेन्स होल्ड गरेर बस्यो, पछि महतो ग्रुपलाई बेच्यो । उसले नाम परिवर्तन गरेर मेरो मोबाइल बनायो । खेतानले जस्तै लाइसेन्स बेच्नका लागि चौधरी समूह पनि छि¥यो । पञ्चायतमा फस्टाएको व्यापार र अभ्यास हो लाइसेन्स होल्ड गर्ने र बेच्ने । अब त कसले किन्छ ? फाइभजीको नाममा सरकारले एनसेलमाथि गरेको व्यवहार ठीक भएन भन्दै आएको हुँ । सरकारले नेपाल टेलिकमलाई परीक्षणका लागि दियो तर एनसेललाई दिएन । लाइसेन्स लिइसकेपछि सरकारले यो विदेशी कम्पनी र योचाहिँ स्वदेशी कम्पनी भनेर सौतेनी व्यवहार गर्न मिल्दैन भनी शुरुदेखि नै फरक मत राख्दै आएको हुँ । फाइभजीको परीक्षण सरकारले एनसेललाई दिएन, नेपाल टेलिकमले काम गर्न सकेन ।

(पूर्व प्रशासक कँडेलसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एकै पटक नेपाल टेलिकमका एक दर्जन उच्च प्रशासक निलम्बित

यी हुन् टेलिकम बिलिङ प्रकरणमा मुद्दा नचल्ने व्यक्तिहरू

टेलिकमको ठेक्कामा व्यापक अनियमितता:- ३३ करोड ४८ लाखको भ्रष्टाचार

टेलिकमको बिलिङ ठेक्कामा भ्रष्टाचार आरोप : प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा

नेपाल टेलिकममा भ्रष्टाचार : प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध अख्तियारमा मुद्दा

कर्मचारीहरु कालोपट्टी बाँधेर काममा

संघीय निजामती सेवा ऐन जारी गर्न माग, कर्मचारीहरु कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

सार्वजनिक संस्थानमा मात्र ४५ सय बढी करार सेवाका कर्मचारी

बिशेष