फैसलाको पूर्ण पाठ नआउँदै मरासिनीलाई हतार हतार किन लगियो अर्थमा ?

नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा फैसला आएको पर्सीपल्टै सरकारले अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिएसँगै अख्तियार फायर भएको छ ।

बिज्ञापन

सात महिना अघि अर्थात गत असोज १५ गते अख्तियारले तत्कालीन उद्योग सचिव मधुकुमार मरासिनी,नेपाल टेलिकमका हाकिम सुनिल पौडेलसहित ९ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलायो । भ्रष्टाचार र अख्तियार ऐन अनुसार मुद्धा चले लगतै बहालवाला सचिव मरासिनी निलम्बनमा परे । झण्डै सात महिना पछि उनको निलम्बन त फुकुवा भयो । सेवा निवृत्त हुन १७ महिनामात्रै अवधी बाँकी हुँदा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

बिज्ञापन

नेशनल पेमेन्ट गेटवे प्रकरणमा भएको २३ करोड भ्रष्टाचार मुद्धामा अख्तियारले उद्योगका तत्कालीन सचिव मरासिनीसहित ९ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो तर विशेषले अस्ति यो प्रकरणमा सुनिल पौडेललाई मात्र भ्रष्टाचारी ठहर गर्दै बाँकीलाई क्लिन चिट दिएको छ । सचिव मरासिनीलाई अख्तियारले गत १५ असोजमा भ्रष्टाचार मुद्धा चलाएको थियो । नेशनल पेमेन्ट गेटवेमा भएको २३ करोड भ्रष्टाचार मुद्धामा तत्कालीन उद्योग सचिव मरासिनीसहित निमबहादुर ओली, रामबहादुर बुढा, सफल श्रेष्ठ, सञ्जय शर्मा, प्रणिता उपाध्याय, रमेश पोखरेल, रामशरण गायक र सुनील पौडेल लगायतले भ्रष्टाचार गरी नेपाल सरकारलाई २३ करोड रुपैयाँभन्दा बढी हानि–नोक्सानी पु¥याएको भन्दै विशेषमा मुद्दा चलाएसँगै निलम्बनमा परेका उनीसहित ८ लाई विशेष अदालतले क्लिन चिट दिएसँगै मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो । बजेट निर्माणको मुखमा सरकारले कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर त्यहाँ मरासिनीलाई ल्याएको हो । फैसलाको पूर्ण पाठ आउनै बँँकी छ । विशेषले आगामी २५ वैशाखमा यो प्रकरणमा सजाय तोक्नका लागि पेशी तोकेको स्थिति छ ।

यो प्रकरणमा सुनिल एक्लैले भ्रष्टाचार गरेको मान्न तयार छैनन्,अख्तियारका अधिकारीहरु । फैसलाको पूर्ण पाठ आए लगतै अख्तियार सर्वाेच्च अदालतमा जाने तयारी गर्दैछ । तर, आज बसेको क्याविनेट बैठकले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । त्यहाँका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारेर त्यहाँ मधु मरासिनीलाई लगिएको हो । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट मरासिनीले क्लिन चिट पाएको भए पनि अन्तिम फैसला नआइसकेको अबस्थामा अर्थ मन्त्रालयको जिम्मेवारी दिएको अख्तियारका अधिकारीहरुलाई चित्त बुझेको छैन ।

बिज्ञापन

मरासिनी बजेट महाशाखाको हाकिम हुँदा गरेको कर्म वापतको  मुद्धा खेपेका थिए । अब जागिरे अवधि १० महिना बाँकी भएका मरासिनीलाई अहिले सोही मन्त्रालयको  सचिवको जिम्मेवारी दिएर फैसलाको पूर्ण पाठ नआउँदै अर्थमै हतारहतार ल्याउनुमा कैफियत छ भन्दैछन्,अधिकारीहरु ।

यो बिषयमा नेपाल सरकारका बाहलवाला एक सचिवले व्यग्य मिश्रित टिप्पणी गर्दै भने,’मुख्य सचिव नै दाहिने भएपछि नेपालको प्रशासन संयन्त्रमा नहुने र नपुग्ने भन्ने के छ र ?’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

बिशेष