संघीय सरकारको मन्त्रालयहरु एकै ठाँउमा रहेझैं सरकारले विभिन्न विभागहरुलाई एकै ठाँउमा रहने गरी प्रशासनिक भवन निर्माण गर्ने गृहकार्य अगाडि बढाएको छ । सिंहदरबारमा सबै मन्त्रालय रहेजस्तै बबरमहलमा सरकार मातहतका विभिन्न विभागहरु रहने गरी प्रशासनिक प्लाजा निर्माणको गृहकार्यमा जुटेको छ,सहरी विकास तथा भवन निर्माण विभाग ।
बिज्ञापन
अहिले संघीय सरकारका विभिन्न विभागहरु छरिएर रहेका छन् ती विभागहरुलाई एकै ठाउँमा राख्ने सोचका साथ विभागले यो प्रोजेक्ट अगाडि बढाएको हो ।
यस्तो भवन सरकारको लागतमा नभई नीजि क्षेत्रको लगानीमा बनाउन खोजिएको सहरी विभागले जनाएको छ । बबरमहलमा अवस्थित ६० रोपनी जग्गामा १८ तलाको आधुनिक भवन बनाउने योजना अगाडि बढाइएको छ । ३० हजार २१ वर्गमिटरमा फैलिएको ठाउँमा एउटै भवनभित्र केन्द्रीकृत सरकारी कार्यालयहरू हुनेछन्।
बिज्ञापन
ववरमहलमा अवस्थित वन विभाग,कर कार्यालय लगायतका सरकारी कार्यालयहरु रहेको उक्त स्थानमा प्रशासनिक भवन बनाउन खोजिएको र उक्त प्रशासनिक प्लाजामा नेपाल सरकारका केन्द्रीय स्तरका सबै विभागहरु राख्न खोजिएको विभागका उपमहानिर्देशक मचाकाजी महर्जनले जनाए । उक्त प्रशासनिक प्लाजामा आधुनिक पूर्वाधारसहित सम्मेलन कक्षहरू, बैठक हलहरूसहित प्रशासनिक सुविधाहरू हुने बताइएको छ । यसको अवधारणा पाँच बर्ष अगाडि नै अघि बढेको भए पनि लगानीको सुनिश्चितता हुन नसक्दा अलपत्र परेको थियो । एकातिर लगानी सुनिश्चितता अर्काेतिर रहेका सरकारी कार्यालयहरुलाई कहाँ लगेर राख्ने भन्ने अन्योलताका कारण अगाडि बढ्न सकेको थिएन । अहिले यो प्रोजेक्टलाई लगानी सम्मेलनमा शोकेस गर्न लागिएको विभागले जनाएको छ ।
यहि बैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा शोकेस गर्न लागिएको विभागले जनाएको छ । विदेशी लगानी भित्र्याएर १७ तलाको आधुनिक भवन बनाउने योजना अघि सारिएको हो त्यही कारण लगानी सम्मेलनमा यस्लाई शोकेस गर्न लागिएको हो विभागका महानिर्देशक कुमार घिमिरेले कर्मचारी प्रेसलाई जनाए ।
बिज्ञापन
तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा १० अर्ब २० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।