मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका प्रमुखसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले सरकारी तथा सार्वजनिक प्रकृतिको जग्गा व्यक्तिका नाममा दर्ता गराएको आरोपमा मालपोत कार्यालय कालिकोटका तत्कालीन कार्यालय प्रमुख नेत्रबहादुर शाहीसहित १२ जनाविरुद्ध विशेषमा मुद्धा लगेको हो ।

बिज्ञापन

आयोगले कालिकोटको खाँडाचक्र नगरपालिकास्थित सरकारी तथा सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता तथा हकभोग कायम गराएको आरोपमा उनीहरुविरुद्ध विशेषमा मुद्धा लगेको हो ।

बिज्ञापन

आयोगका अनुसार खाँडाचक्र नगरपालिका १ स्थित कित्ता नम्बर १७७२ लगायतका सरकारी तथा सार्वजनिक प्रकृतिका जग्गालाई विभिन्न व्यक्तिका नाममा दर्ता गरिएको भन्दै कार्यालय कालिकोटका तत्कालीन कार्यालय प्रमुख शाही,तत्कालीन जिल्ला भूमि समस्या समाधान आयोगका अध्यक्ष धीरबहादुर बम, विज्ञ सदस्य रमेश नेपाली र सदस्य राजेन्द्रबहादुर थापा,मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा मुकुन्द बस्नेत र कार्यालय सहयोगी भक्तबहादुर शाहीका साथै तत्कालीन कार्यवाहक वडाध्यक्ष भारतबहादुर शाही र जग्गा प्राप्त गर्ने व्यक्तिहरू अंखपुरा शाही, प्रदीपे दमाई र दिपबहादुर शाहीलाई पनि अभियोगमा प्रतिवादी बनाइएको छ। यस्तै कित्तानम्बर ९२१ का जग्गा खरिदकर्ता नरेन्द्रबहादुर थापालाई पनि प्रतिवादी बनाइएको छ। उक्त जग्गा सरकारी प्रकृतिको रहेको ठहर गर्दै जफत गरी सरकारका नाममा कायम गर्न मागदाबी गरिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आरोप पत्रमा प्रतिवादीहरूबाट बिगो असुलउपर, कैद तथा जरिवानासहित कानुनबमोजिमको सजायको मागदाबी गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष