ललितपुरका नापी सर्वेक्षक घुससहित पक्राउ

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादव घुससहित समातिएका छन् ।

बिज्ञापन

सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा उनीसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो साँझ कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । उनीहरु घुस रकम २ लाख ५० हजार नगदसहित पक्राउ परेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

पक्राउ पर्नेमा सर्वेक्षक यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी हुन् । जग्गा कित्ताकाट गरी लालपुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस मागेको गोप्य सूचना पाएपछि आयोगको टोली खटिएको थियो ।

उनीहरुले आपसी मिलेमत्तोमा यसअघि पनि सेवाग्राहीसँग घुस लिएको हुनसक्ने आयोगको प्रारम्भिक अनुमान छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पचास लाख म्यासेज पठाउने राजावादी हात्तीसारबाट पक्राउ

आचारसंहिता लाग्नु अघि केही सचिव सरुवा, सूची गुपचुप

संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गरिदिन माग गर्दै रविको निवेदन

सिंहदरबारभित्रैको अदालतबाट सामान्य प्रशासनलाई चुनौती,सरुवा बदरको डेढ दर्जन मुद्धा विचाराधीन

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न

गृहमा २४३ कर्मचारीको दरबन्दी रिक्त,सामान्यद्धारा २७ अधिकृतको सरुवा

लगनखेल मालपोत प्रमुखमा बुढा,राईको काँधमा भक्तपुर मालपोत

नायब सुब्बा बन्ने अवसर लोकसेवाले खोल्यो १८३ पदमा विज्ञापन

बिशेष