ललितपुरका नापी सर्वेक्षक घुससहित पक्राउ

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादव घुससहित समातिएका छन् ।

बिज्ञापन

सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा उनीसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो साँझ कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । उनीहरु घुस रकम २ लाख ५० हजार नगदसहित पक्राउ परेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

पक्राउ पर्नेमा सर्वेक्षक यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी हुन् । जग्गा कित्ताकाट गरी लालपुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस मागेको गोप्य सूचना पाएपछि आयोगको टोली खटिएको थियो ।

उनीहरुले आपसी मिलेमत्तोमा यसअघि पनि सेवाग्राहीसँग घुस लिएको हुनसक्ने आयोगको प्रारम्भिक अनुमान छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चौथोदेखि आठौं तहका १ सय ७ कर्मचारीको सरुवा

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

बिशेष