सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना,तीनको मृत्यु, ५२ घाइते

 

बिज्ञापन

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन् । दुर्घटनामा ५२ जना घाइते भएका छन् ।

बिज्ञापन

सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा जन्ती बोकेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बस दुर्घटनामा परेको हो । बस त्रिपुरासुन्दरी- ५ धारावतीबाट १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।  बसमा ५५ जना सवार रहेको जनाइएको छ ।  घाइते भएकाहरूको उद्धार गरी चौताराको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

सरकारी कर्मचारीद्वारा आचारसंहिता उल्लङ्घन, निर्वाचन कार्यालयले सोध्यो स्पष्टीकरण

प्रतिनिधिसभा निर्वाचन आचारसंहिताः राजनीतिक नैतिकता, उत्तरदायित्व र सुशासनप्रतिको सामूहिक प्रतिबद्धताको प्रतीक 

शहिद दिवस : स्मृतिको राजनीतिमा उत्तरदायित्वको परीक्षा

बिशेष