अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न सकिने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ ।

बिज्ञापन

सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न तथा यसको दुरुपयोगबाट व्यक्ति र समाजमा पर्न सक्ने नकारात्मक प्रभावलाई निरुत्साहन गर्न ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

विधेयकमा सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार बनाई सामाजिक सञ्जालको सञ्चालन, व्यवस्थापन तथा नियमन गरिने उल्लेख छ ।

त्यस्तै, सामाजिक सञ्जाल प्रयोगकर्ताले साइबर बुलिङ वा अनलाइन बुलिङ गर्न नहुने, फेक आइडी बनाउन नपाइने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने कार्य गर्न नहुने, बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह वा जातीय छुवाछुतलाई प्रोत्साहन गर्न नहुने, बालबालिका, महिलालाई हानी पुर्याउने सामग्री प्रकाशन वा प्रसारण गर्न नहुनेजस्ता शर्त पनि राखिएको छ ।

बिज्ञापन

मन्त्रालयले विधेयकको अध्ययन गरी आफ्नो राय सुझाव आगामी सात दिनभित्र मन्त्रालयको इमेलमा पठाउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

सरुवा सूची गुपचुप : सामान्य प्रशासनको भूमिकामाथि उठ्यो गम्भीर प्रश्न

अख्तियारमा एक बर्षमा ३३ हजार उजुरी,४९ प्रतिशत स्थानीय तह सम्बन्धित

बिशेष