महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन प्रशासन मन्त्रालयले एक महिनाको अवधिमा ३१९ जना कर्मचारीको अनलाइन प्रणालीबाटै सरुवा भएको जनाएको छ । गत असार १६ मा यो प्रणाली विकास गरे यता सरुवाका लागि २ हजार ३ सय २२ जना कर्मचारीहरुले आवेदन दिएकामा महिना दिनको अवधिमा खरिदारदेखि उपसचिव तहका गरी ३१९ कर्मचारीको अनलाइन प्रणालीबाटै सरुवा गरिएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले सरुवा प्रणालीमा सुधार ल्याउन भन्दै ट्रान्सफर म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम’ नामक सफ्टवेयर सञ्चालनमा ल्याएर महिना दिनमै ३ सय १९ जना कर्मचारीहरुको प्रणालीमार्फत सरुवा गरेको जनाएको छ । गत १६ असारदेखि मन्त्रालयले निजामती कर्मचारीको सरुवा प्रक्रिया थप पारदर्शी, प्रविधिमैत्री र स्वचालित बनाउन पहिलोपटक पूर्ण रूपमा अनलाइन प्रणाली लागू गर्ने तयारी थालेको छ । यसअनुसार अब कर्मचारी सरुवासम्बन्धी निवेदनदेखि निर्णय र पत्र जारी गर्ने प्रक्रियासम्म सबै काम डिजिटल माध्यमबाट मात्रै हुनेछ ।

बिज्ञापन

अनलाइनबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने निवेदनमाथि कारबाही नगरिने र तिनको सरुवा नहुने बताउँदै आएको छ । मन्त्रालयले कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित प्रणाली विकास गरी सरुवासम्बन्धी निवेदनदेखि निर्णय र पत्र जारी गर्ने प्रक्रियासम्म सबै काम डिजिटल माध्यमबाट मात्रै गर्न थालेको जनाएको छ । सरुवा प्रक्रिया आधुनिक प्रविधिमैत्री, पूर्वानुमानयोग्य तथा व्यवस्थित बनाउने उद्देश्यले अनलाइन सरुवा सफ्टवेयर प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

यो प्रणालीमा हालसम्म १० हजार ५३३ कर्मचारी सक्रिय रहेको,तीमध्ये २ हजार ३२२ जना कर्मचारीले सरुवाका लागि सरुवा सफ्टवेयरमार्फत निवेदन दिएका र हालसम्म एक हजार ९१० जना कर्मचारी सरुवाका लागि निर्णय प्रक्रियामा रहेको छ । यस प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि ‘फ्ल्यागिङ’ प्रणालीसमेत छ । यसले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्नेछ । साथै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रोसेस ट्र्याकिङ प्रणालीमार्फत अनलाइनबाटै हेर्न सकिने मन्त्रालयको भनाइ छ ।

यस्तै यो अवधिमा खरिदारदेखि उपसचिव तहका ३ सय १९ जना कर्मचारीको भने सरुवा सफ्टवेयरबाटै सरुवाको पत्र तयार भइसकेको मन्त्रालयले जनाएको छ । कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा ‘एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस–एपिआई मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुनेछ । मन्त्रालयका अनुसार,असार २९ मा मात्र १ सय १२ जना अधिकृत तहका कर्मचारीहरुको सरुवा गरेको थियो । यस्तै असार २६ मा ३९ जना कर्मचारीहरुको सरुवा गरेको मन्त्रालयले जनाएको छ । यस्तै १६ असार पछाडि विभिन्न मितिमा २६ जना,साउन १५ गते २२ जना उपसचिवहरुको सरुवा गरेको मन्त्रालयले १८ साउनमा फाजिलमा परेका ६८ कर्मचारीको व्यवस्थापन गरेको जनाएको छ । यस्तै,साउन १२ गते २४ जना उपसचिवहरुको अनलाइन सरुवा प्रणालीबाटै सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यस्तै साउन ११ मा २८ जना कर्मचारीहको सरुवा गरेको छ,मन्त्रालयले । प्राप्त विवरण अनुसार,प्रणाली बने यता मन्त्रालयले ३१९ जना कर्मचारीहरुको सरुवा गरेको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

कसरी गर्ने अनलाइन आवेदन ?

मन्त्रालयले अनलाइन सरुवा निर्देशिका तयार गरेको छ । जस अनुसार,कर्मचारी अनलाइन आवेदनका लागि सबैभन्दा पहिला कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमा जानुपर्दछ । सो प्रणालीभित्र छिरेपछि कर्मचारी आवेदक खाता अनिवार्य खोल्नुपर्दछ । यस्तै,खाता खोल्नका लागि राष्ट्रिय निजामती किताबखाना अभिलेखमा भए बमोजिम कर्मचारी संकेत नम्बर,मोवाइल नम्बर र जारी मिति ,इमेल,हालको पदमा नियुक्ति मिति र कर्मचारीको नाम लगायतका विवरण इन्ट्री गर्नुपर्ने हुन्छ ।

निर्देशिका अनुसार,यसरी भरिएको विवरण निजामती किताबखानामा भएको विवरण मिल्नुपर्दछ । यी चरणहरु पूरा गरेसँगै कर्मचारी व्यवस्थापन प्रणालीको लगइन पासपोर्ड बनाउनुपर्ने हुन्छ । यस पछि सम्बन्धित कर्मचारीको मोवाइलमा ओटिपी नम्बर प्राप्त हुन्छ ।

त्यस पछि अनलाइन निवेदन पेश गर्ने ठाउँमा प्रवेश गर्न सकिन्छ । अनलाइन सरुवा आवेदन प्रणालीभित्र छिरेपछि कर्मचारीहरुले आफ्नो संकेत नम्बर मोवाइल नम्बर र पासवर्ड राखेर प्रणाली लगइन गर्न सकिन्छ । त्यस पश्चात सरुवा निवेदन बटअनमा पुगिन्छ । सरुवा हुन इच्छुक तीन देखि पाँचवटासम्म प्रथामिकतामा राखेर कार्यालय रोज्नुपर्ने हुन्छ । सरुवाको कारण,सरुवाको निवेदन व्यहोरा,थप कुनै कागजात भए प्रविशष्ट गर्न सकिन्छ ।

विवरण रुजु पछि स्वघोषणा गर्नुपर्ने हुन्छ । कर्मचारी शाखाबाट विवरण रुजु भएपछि सम्बन्धित कर्मचारीको इमेलमा सरुवा निर्णय र सरुवा पत्र प्राप्त हुने गरी प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बालेन सरकार बने यता ८ हजार कर्मचारीमाथि कारवाही सिफारिस

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

दरबन्दी कटौतीमा परेका सब -इन्जिनियर आन्दोलित

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

बिशेष