भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन प्रशासन मन्त्रालयले एक महिनाको अवधिमा ३१९ जना कर्मचारीको अनलाइन प्रणालीबाटै सरुवा भएको जनाएको छ । गत असार १६ मा यो प्रणाली विकास गरे यता सरुवाका लागि २ हजार ३ सय २२ जना कर्मचारीहरुले आवेदन दिएकामा महिना दिनको अवधिमा खरिदारदेखि उपसचिव तहका गरी ३१९ कर्मचारीको अनलाइन प्रणालीबाटै सरुवा गरिएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले सरुवा प्रणालीमा सुधार ल्याउन भन्दै ट्रान्सफर म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम’ नामक सफ्टवेयर सञ्चालनमा ल्याएर महिना दिनमै ३ सय १९ जना कर्मचारीहरुको प्रणालीमार्फत सरुवा गरेको जनाएको छ । गत १६ असारदेखि मन्त्रालयले निजामती कर्मचारीको सरुवा प्रक्रिया थप पारदर्शी, प्रविधिमैत्री र स्वचालित बनाउन पहिलोपटक पूर्ण रूपमा अनलाइन प्रणाली लागू गर्ने तयारी थालेको छ । यसअनुसार अब कर्मचारी सरुवासम्बन्धी निवेदनदेखि निर्णय र पत्र जारी गर्ने प्रक्रियासम्म सबै काम डिजिटल माध्यमबाट मात्रै हुनेछ ।
बिज्ञापन
अनलाइनबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने निवेदनमाथि कारबाही नगरिने र तिनको सरुवा नहुने बताउँदै आएको छ । मन्त्रालयले कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित प्रणाली विकास गरी सरुवासम्बन्धी निवेदनदेखि निर्णय र पत्र जारी गर्ने प्रक्रियासम्म सबै काम डिजिटल माध्यमबाट मात्रै गर्न थालेको जनाएको छ । सरुवा प्रक्रिया आधुनिक प्रविधिमैत्री, पूर्वानुमानयोग्य तथा व्यवस्थित बनाउने उद्देश्यले अनलाइन सरुवा सफ्टवेयर प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
यो प्रणालीमा हालसम्म १० हजार ५३३ कर्मचारी सक्रिय रहेको,तीमध्ये २ हजार ३२२ जना कर्मचारीले सरुवाका लागि सरुवा सफ्टवेयरमार्फत निवेदन दिएका र हालसम्म एक हजार ९१० जना कर्मचारी सरुवाका लागि निर्णय प्रक्रियामा रहेको छ । यस प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि ‘फ्ल्यागिङ’ प्रणालीसमेत छ । यसले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्नेछ । साथै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रोसेस ट्र्याकिङ प्रणालीमार्फत अनलाइनबाटै हेर्न सकिने मन्त्रालयको भनाइ छ ।
यस्तै यो अवधिमा खरिदारदेखि उपसचिव तहका ३ सय १९ जना कर्मचारीको भने सरुवा सफ्टवेयरबाटै सरुवाको पत्र तयार भइसकेको मन्त्रालयले जनाएको छ । कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा ‘एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस–एपिआई मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुनेछ । मन्त्रालयका अनुसार,असार २९ मा मात्र १ सय १२ जना अधिकृत तहका कर्मचारीहरुको सरुवा गरेको थियो । यस्तै असार २६ मा ३९ जना कर्मचारीहरुको सरुवा गरेको मन्त्रालयले जनाएको छ । यस्तै १६ असार पछाडि विभिन्न मितिमा २६ जना,साउन १५ गते २२ जना उपसचिवहरुको सरुवा गरेको मन्त्रालयले १८ साउनमा फाजिलमा परेका ६८ कर्मचारीको व्यवस्थापन गरेको जनाएको छ । यस्तै,साउन १२ गते २४ जना उपसचिवहरुको अनलाइन सरुवा प्रणालीबाटै सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यस्तै साउन ११ मा २८ जना कर्मचारीहको सरुवा गरेको छ,मन्त्रालयले । प्राप्त विवरण अनुसार,प्रणाली बने यता मन्त्रालयले ३१९ जना कर्मचारीहरुको सरुवा गरेको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
कसरी गर्ने अनलाइन आवेदन ?
मन्त्रालयले अनलाइन सरुवा निर्देशिका तयार गरेको छ । जस अनुसार,कर्मचारी अनलाइन आवेदनका लागि सबैभन्दा पहिला कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमा जानुपर्दछ । सो प्रणालीभित्र छिरेपछि कर्मचारी आवेदक खाता अनिवार्य खोल्नुपर्दछ । यस्तै,खाता खोल्नका लागि राष्ट्रिय निजामती किताबखाना अभिलेखमा भए बमोजिम कर्मचारी संकेत नम्बर,मोवाइल नम्बर र जारी मिति ,इमेल,हालको पदमा नियुक्ति मिति र कर्मचारीको नाम लगायतका विवरण इन्ट्री गर्नुपर्ने हुन्छ ।
निर्देशिका अनुसार,यसरी भरिएको विवरण निजामती किताबखानामा भएको विवरण मिल्नुपर्दछ । यी चरणहरु पूरा गरेसँगै कर्मचारी व्यवस्थापन प्रणालीको लगइन पासपोर्ड बनाउनुपर्ने हुन्छ । यस पछि सम्बन्धित कर्मचारीको मोवाइलमा ओटिपी नम्बर प्राप्त हुन्छ ।
त्यस पछि अनलाइन निवेदन पेश गर्ने ठाउँमा प्रवेश गर्न सकिन्छ । अनलाइन सरुवा आवेदन प्रणालीभित्र छिरेपछि कर्मचारीहरुले आफ्नो संकेत नम्बर मोवाइल नम्बर र पासवर्ड राखेर प्रणाली लगइन गर्न सकिन्छ । त्यस पश्चात सरुवा निवेदन बटअनमा पुगिन्छ । सरुवा हुन इच्छुक तीन देखि पाँचवटासम्म प्रथामिकतामा राखेर कार्यालय रोज्नुपर्ने हुन्छ । सरुवाको कारण,सरुवाको निवेदन व्यहोरा,थप कुनै कागजात भए प्रविशष्ट गर्न सकिन्छ ।
विवरण रुजु पछि स्वघोषणा गर्नुपर्ने हुन्छ । कर्मचारी शाखाबाट विवरण रुजु भएपछि सम्बन्धित कर्मचारीको इमेलमा सरुवा निर्णय र सरुवा पत्र प्राप्त हुने गरी प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ ।



























