कान्तीमा जागिर,ह्याम्सबाट तलब थाप्ने चिकित्सक जिम्मेवारीमुक्त

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई जिम्मेवारीबाट हटाएको छ ।
रायलाई मंगलबारको मन्त्रीस्तरीय निर्णयमार्फत निर्देशकको जिम्मेवारीबाट हटाएर सोही अस्पतालका ११औँ तहका बालरोग विशेषज्ञ डा रामहरी चापागाईंलाई निर्देशकमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । सरकारी अस्पतालको नेतृत्वदायी जिम्मेवारीमा रहेकै अवस्थामा ह्याम्स अस्पतालमा समेत काम गरेको भन्दै मन्त्रालयले उनलाई निर्देशकको जिम्मेवारीबाट हटाएको जनाएको छ । निर्देशकको जिम्मेवारीबाट हटाइए पनि उनको दरबन्दी कान्ति बाल अस्पतालमै रहेकाले उनी सोही अस्पतालमा कार्यरत रहनेछन्।

बिज्ञापन

डा राय कार्यालय समयमा समेत ह्याम्स अस्पतालमा काम गरिरहेको समाचार सार्वजनिक भएसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा रायसँग लिखित स्पष्टीकरण माग गरेकी थिइन्। मन्त्रीस्तरीय निर्णय उलंघन गर्दै निजीमा काम गरेको सार्वजनिक भएपछि मन्त्री मेहताले गत साता स्पष्टीकरण सोधेकी थिइन । स्वास्थ्य मन्त्रालयले गरेको निर्णय अनुसार सरकारी अस्पतालको नेतृत्वमा रहेका चिकित्सक निजी अस्पतालमा काम गर्न पाउँदैनन्।

बिज्ञापन

२०७७ साउन ९ मा मन्त्रीस्तरीय निर्णयअनुसार अस्पताल तथा स्वास्थ्य संस्था प्रमुख निजी अस्पतालमा काम गर्न जान नपाइने गरी दुई बुँदे निर्णय भएको थियो। मन्त्रीस्तरीय निर्णय अटेरी गर्दै निजी अस्पतालमा काम गर्दै आएका डा रायलाई जिम्मेवारीबाट हटाइएको हो । रायलाई मोहन बस्नेत मन्त्री हुँदा ०८० भदौंमा कान्ति बाल अस्पतालको निर्देशकमा नियुक्त गरिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० हजार धरौटी बुझाएर रिहा भए सहसचिव भट्टराई

कान्तीमा जागिर,ह्याम्सबाट तलब थाप्ने चिकित्सक जिम्मेवारीमुक्त

सुशीलाले गरेको एक पछि अर्काे निर्णय उल्टाउँदै वालेन सरकार

नारायणगढ–बुटवल सडक विस्तार आयोजना निर्माणको अन्तिम चरणमा

आयल निगमको कार्यकारी निर्देशक बन्ने दौडमा को को ?

जुनियरलाई दोहोरो जिम्मेवारी, मन्त्रालयभित्र असन्तुष्टि

मानव स्रोत केन्द्रको नाम शिक्षा विभाग नै राखिने

दुई सातामै खरिदारदेखि उपसचिव तहका ९ कर्मचारी रंगेहात पक्राउ

बिशेष