सामान्यका रैथाने उपसचिवलाई किन चिनेन अनलाइन सरुवा प्रणालीले ?

   लाइन मिनिष्ट्री मानिएको भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको पछिल्लो सरुवा विवादमा परेको छ । मन्त्रालयले आफ्नै मन्त्रालयबाट कर्मचारी शुद्धीकरण अभियान शुरु गरेको जनाए पनि जागिरे जीवनको लामो कालखण्ड सोही मन्त्रालयमा बसेका कर्मचारीहरुलाई छुन नसकेको र मन्त्रालयको हर्ताकर्ताका रुपमा कार्यरत रहेको भेटिएको छ तर बर्ष दिन अगाडि सामान्यमा पुगेका कर्मचारीहरुलाई स्थानीय तहतिर पठाइएको छ । यद्यपि मन्त्राललयले सदैव आकर्षक कार्यालयमात्र बसेका कर्मचारीहरुलाई स्थानीय तहमा खटाएको भन्दै प्रष्ट पारेको छ ।

बिज्ञापन

जस अनुसार,मन्त्रालयका सूचना अधिकारी समेत रहेका उपसचिव विवेक घिमिरेलाई स्थानीय तहमा खटाएको हो । यस अघि चन्द्रकला पौडेल सचिव हुँदा सामान्यमा इन्ट्री भएका घिमिरे प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तत्कालीन उद्योगमन्त्री दामोदर भण्डारीको सचिवलायमा बसेर काम गरेका कर्मचारी हुन । उनी राजश्व अनुसन्धान विभाग हुँदै बुटबलमा कार्यरत थिए । बर्ष दिन अगाडि मात्र सामान्यमा पुगेका उनको कार्यसम्पादनमा कुनै खोट भएर त्यहाँबाट सरुवा गर्नु परेको हो,मन्त्रालयले जबाफ दिन सकेको छैन ।

बिज्ञापन

यस्तै मन्त्रालयले दिपक ढकाल जिल्ला समन्वय समितिको कार्यालय काभ्रेपलाञ्चोक खटाउँदा हरिप्रसाद चापागाईलाई  पर्यटन मन्त्रालयमा पठाएको छ । यस्तै अरुण राईलाई शिक्षा तथा खेलकुद,महेन्द्र विश्वकर्मालाई गृहमा पुर्याइएको छ ।उनी पनि सामान्यमा पुगेको बर्ष दिन नहुँदै सरुवामा परेका छन् । विष्णु भुसालाई सञ्चारमा खटाइँदा यस अघि नै कीर्तिपुर नगरपालिकामा बसेर काम गरिसकेका माधवप्रसाद ढकाल लमजुङको बेशीसहर नगरपालिका पुर्याएको छ । मन्त्रालयको क्षमता विकास शाखामा बसेर संसथागत सुधारमा प्रभावकारी काम गरिरहेका सो शाखाले गत बर्षको प्रगति शत प्रतिशत पुर्याएको थियो । उनै ढकाललाई फेरि स्थानीय तहमा खटाइएको छ । यस्तै लेखनाथ न्यौपानेलाई गृहमा खटाइएको छ । भूमि मन्त्रालयबाट अनुषा कोइरालालाई मेलम्ची नगरपालिका पठाइएको छ ।

सरुवाको सूची अनुसार अवकाशको मुखमा रहेका जीवनराज सेढाई र मोहन कुमार घिमिरेलाई सामान्यको जगेडामा राखिएको छ । तर,पहुँच,पावरका भरमा जरा गाँढेर बसेका केही रैथाने कर्मचारीलाई न त मन्त्री,न सचिवले चलाउने हिम्मत गरे । न त यस्तो अनलाइन सरुवा प्रणालीले नै चिन्न सकेको छ । यसरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जरा गाँढेर बसेका कर्मचारी हुन,उपसचिव तुल्सी भट्टराई,जो ४ बर्षदेखि सोही मन्त्रालयमा कार्यरत छन् । हाल मन्त्रालयको संगठन विकास शाखामा कार्यरत रहेका उनलाई यस अघिका कुनै मन्त्री सचिवले छुन सकेका थिएनन् । सुशासन र पारदर्शीताको जडमा निर्मित बर्तमान मन्त्री प्रतिभा रावल र सचिव मदन भुजेलले समेत भट्टराईलाई चलाउन सकेका छैनन् ।

बिज्ञापन

यस्तै अश्विनी पोखरेलसमेत मन्त्रालयमा लामो समयदेखि कार्यरत रहेका भए पनि उनलाई समेत छुन सकेको छैन ।

काम गर्ने,क्षमतावान भएका,कार्यसम्पादनमा शत प्रतिशत उपलव्धी हासिल गर्ने कर्मचारीहरुलाई पाखा लगाउने तर हरेक सत्ता र शक्तिसँग नजिकिने खुबी भएका,नेतृत्वहरुको चाकडी,तेल लगाउने कला भएका कर्मचारीहरु सामान्य प्रशासनमा टिकिरहने प्रवृत्ति विगतदेखि आजसम्म नसुध्रिएको सरुवामा परेका कतिपय कर्मचारीहरुले टिप्पणी गर्न थालेका छन् । संस्थागत सुशासन,पारदर्शीताको नमुना यही सरुवालाई उदाहरणका रुपमा लिन सकिने यही सरुवालाई मान्न सकिने कतिपय कर्मचारीहरुको व्यग्य गर्दछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष