सामान्यका रैथाने उपसचिवलाई किन चिनेन अनलाइन सरुवा प्रणालीले ?

   लाइन मिनिष्ट्री मानिएको भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको पछिल्लो सरुवा विवादमा परेको छ । मन्त्रालयले आफ्नै मन्त्रालयबाट कर्मचारी शुद्धीकरण अभियान शुरु गरेको जनाए पनि जागिरे जीवनको लामो कालखण्ड सोही मन्त्रालयमा बसेका कर्मचारीहरुलाई छुन नसकेको र मन्त्रालयको हर्ताकर्ताका रुपमा कार्यरत रहेको भेटिएको छ तर बर्ष दिन अगाडि सामान्यमा पुगेका कर्मचारीहरुलाई स्थानीय तहतिर पठाइएको छ । यद्यपि मन्त्राललयले सदैव आकर्षक कार्यालयमात्र बसेका कर्मचारीहरुलाई स्थानीय तहमा खटाएको भन्दै प्रष्ट पारेको छ ।

बिज्ञापन

जस अनुसार,मन्त्रालयका सूचना अधिकारी समेत रहेका उपसचिव विवेक घिमिरेलाई स्थानीय तहमा खटाएको हो । यस अघि चन्द्रकला पौडेल सचिव हुँदा सामान्यमा इन्ट्री भएका घिमिरे प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तत्कालीन उद्योगमन्त्री दामोदर भण्डारीको सचिवलायमा बसेर काम गरेका कर्मचारी हुन । उनी राजश्व अनुसन्धान विभाग हुँदै बुटबलमा कार्यरत थिए । बर्ष दिन अगाडि मात्र सामान्यमा पुगेका उनको कार्यसम्पादनमा कुनै खोट भएर त्यहाँबाट सरुवा गर्नु परेको हो,मन्त्रालयले जबाफ दिन सकेको छैन ।

बिज्ञापन

यस्तै मन्त्रालयले दिपक ढकाल जिल्ला समन्वय समितिको कार्यालय काभ्रेपलाञ्चोक खटाउँदा हरिप्रसाद चापागाईलाई  पर्यटन मन्त्रालयमा पठाएको छ । यस्तै अरुण राईलाई शिक्षा तथा खेलकुद,महेन्द्र विश्वकर्मालाई गृहमा पुर्याइएको छ ।उनी पनि सामान्यमा पुगेको बर्ष दिन नहुँदै सरुवामा परेका छन् । विष्णु भुसालाई सञ्चारमा खटाइँदा यस अघि नै कीर्तिपुर नगरपालिकामा बसेर काम गरिसकेका माधवप्रसाद ढकाल लमजुङको बेशीसहर नगरपालिका पुर्याएको छ । मन्त्रालयको क्षमता विकास शाखामा बसेर संसथागत सुधारमा प्रभावकारी काम गरिरहेका सो शाखाले गत बर्षको प्रगति शत प्रतिशत पुर्याएको थियो । उनै ढकाललाई फेरि स्थानीय तहमा खटाइएको छ । यस्तै लेखनाथ न्यौपानेलाई गृहमा खटाइएको छ । भूमि मन्त्रालयबाट अनुषा कोइरालालाई मेलम्ची नगरपालिका पठाइएको छ ।

सरुवाको सूची अनुसार अवकाशको मुखमा रहेका जीवनराज सेढाई र मोहन कुमार घिमिरेलाई सामान्यको जगेडामा राखिएको छ । तर,पहुँच,पावरका भरमा जरा गाँढेर बसेका केही रैथाने कर्मचारीलाई न त मन्त्री,न सचिवले चलाउने हिम्मत गरे । न त यस्तो अनलाइन सरुवा प्रणालीले नै चिन्न सकेको छ । यसरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जरा गाँढेर बसेका कर्मचारी हुन,उपसचिव तुल्सी भट्टराई,जो आठ बर्षदेखि सोही मन्त्रालयमा कार्यरत छन् । हाल मन्त्रालयको संगठन विकास शाखामा कार्यरत रहेका उनलाई यस अघिका कुनै मन्त्री सचिवले छुन सकेका थिएनन् । सुशासन र पारदर्शीताको जडमा निर्मित बर्तमान मन्त्री प्रतिभा रावल र सचिव मदन भुजेलले समेत भट्टराईलाई चलाउन सकेका छैनन् ।

बिज्ञापन

उता मुक्ति सुवेदीलाई समेत अर्थबाट सामान्य प्रशासनमा भित्र्याइएको छ । उनलाई सामान्यमा भित्र्याउनमा समेत तुल्सीको विशेष जोडबलमा सामान्यमा भित्र्याइएको कर्मचारीहरुको टिप्पणी गरेका छन् । विदेशबाट विद्यावारिधि गरेका उनी यस अघि लामो समय सामान्यमा बसेर अर्थमा पुगेका हुन । उनै सुवेदीलाई फेरि अर्थबाट सामान्यमा भित्र्याउनुमा तुल्सी मुक्तिको पूरानै कनेक्सन रहेको जानकारहरु बताउँछन् ।यस्तै अश्विनी पोखरेलसमेत मन्त्रालयमा लामो समयदेखि कार्यरत रहेका भए पनि उनलाई समेत छुन सकेको छैन ।

काम गर्ने,क्षमतावान भएका,कार्यसम्पादनमा शत प्रतिशत उपलव्धी हासिल गर्ने कर्मचारीहरुलाई पाखा लगाउने तर हरेक सत्ता र शक्तिसँग नजिकिने खुबी भएका,नेतृत्वहरुको चाकडी,तेल लगाउने कला भएका कर्मचारीहरु सामान्य प्रशासनमा टिकिरहने प्रवृत्ति विगतदेखि आजसम्म नसुध्रिएको सरुवामा परेका कतिपय कर्मचारीहरुले टिप्पणी गर्न थालेका छन् । संस्थागत सुशासन,पारदर्शीताको नमुना यही सरुवालाई उदाहरणका रुपमा लिन सकिने यही सरुवालाई मान्न सकिने कतिपय कर्मचारीहरुको व्यग्य गर्दछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यका रैथाने उपसचिवलाई किन चिनेन अनलाइन सरुवा प्रणालीले ?

मुख्यसचिव– सचिव ‘मौन विद्रोह’

७ मन्त्रालय,तीन निकायका ६२२ दरबन्दी कायम

२४ उपसचिवको सरुवा : ९ लाई प्रमुख प्रशासकीय अधिकृत,५ पुगे मालपोत

आर्या होटलमा मेरो भोगाइ : “म काम सिक्न गएको थिएँ, तर त्यहाँ मैले सम्मानभन्दा बढी अपमान पाएँ”

सकारात्मक सोच र दूरदर्शी नेतृत्वबिना समृद्धि सम्भव छैन

कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सहसचिव थापालाई साता दिनको ‘टास्क’

बिशेष