प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामुहिक राजीनामा

नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

बिज्ञापन

सो प्रदेश सरकारमा सहभागी ६ मन्त्रीले सामुहिक राजीनामा दिएका हुन । नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सहभागी ६ जना मन्त्रीको सामुहिक राजीनामा मुख्ममन्त्री कार्यालयलाई पठाएका छन् ।

बिज्ञापन

बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट बिन्दु श्रेष्ठ, डा दिनेशचन्द्र देवकोटा, किरण थापा, भरतबहादुर केसी, मधुसूदन पौडेल र जयराम थापा मन्त्री रहेका थिए । पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्य (एकता) को तयारी भएपछि प्रदेश सरकारमा रहेका एमालेका सबै मन्त्रीले राजीनामा दिएर बाहिरिएका हुन । हाल बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको छ ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै आजकै मितिदेखि लागू हुने गरी हाम्रो दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले पदबाट संयुक्त रूपमा राजीनामा दिएको हुँदा सोही व्यहोरा अवगत गराउँदै उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाइदिनुहुन अनुरोध गर्दछु,’ राजीनामा पत्रमा भनिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामुहिक राजीनामा

एक्सट्रिम इनर्जीमाथि वाणिज्य विभागको एक्सन : खाद्य प्रविधिमा हुँदैछ परीक्षण

भूमिसुधारका दुई कर्मचारी निलम्बित

कार्यकारी निर्देशक नियुक्ति गर्दा सचिवलाई पर्यो प्रेसर: एक नम्बरका उम्मेदवारलाई पछि पार्दै विवादित डा. जितेन्द्र परियार नियुक्त

अष्ट्रेलियामा सेकुवा बेच्दै आएका उपसचिव बल्ल निलम्बित

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

स्थानीय तहको भ्रष्टाचार र ढिलासुस्तीको उजुरी अब मुख्यसचिवले हेर्ने

बिशेष