प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

संघीयताको मेरुदण्डद मानिएको प्रदेश संरचना खारेज र स्थानीय तह कटौतीको प्रस्तावले राजनीतिक हलचल मच्चिएको हो । सरकारी पार्टी रास्वपाको प्रथम महाअधिवेशनको बन्द सत्रमा अर्थ राजनीतिक प्रस्ताव पेश गर्दै अर्थमन्त्री समेत रहेका स्वर्णीम वाग्लेले चितवनबाट यस्तो प्रस्ताव पेश गर्दा संघमा पराकम्प गएको छ । प्रदेश सभा खारेज गर्ने प्रस्तावप्रति राजनीतिक दलहरुबाट विरोध शुरु भएको छ । रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले प्रदेशसभाको खारेजीसहित संघीयताको पुनर्संरचना गर्ने अर्थ राजनीति प्रस्ताव पेश गरेका थिए । चितवनमा जारी प्रथम महाधिवेशनको बन्दसत्रमा अर्थ राजनीतिक प्रस्तावना पेस गर्दै उनले संघीयताको पुनर्संरचना गर्ने बताएका थिए ।
प्रस्तावनामा भनिएको छ, ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं ७५३ को संख्यामा एकतिहाइ कटौती, प्रदेश सभाको खारेजीसहित संघीयताको पुनर्संरचना, न्यायपरिषद्लगायत अन्य संवैधानिक अंगहरूको आमूल सुधार, मान्यताप्राप्त राजनीतिक दलको पारदर्शी कोषभरणजस्ता शासकीय सुधारका एजेन्डा रास्वपाले बहसका लागि प्रवेश गराइसकेको छ ।

बिज्ञापन

जहाँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संसद् बाहिरबाट मन्त्री बन्ने प्रणाली र दलविहीन स्थानीय तहको व्यवस्था गर्ने प्रस्ताव समेत गरिएको छ । यस्का अलवा खर्चिलो प्रशासनिक ढाँचालाई सुधार गर्न प्रदेश सभाको खारेजी र ७५३ स्थानीय तहको संख्यामा एक तिहाइले कटौती गर्ने एजेन्डा अघि सारिएको छ । यी परिवर्तनहरूका लागि वर्तमान संविधानको धारा २७४ र २७५ मा टेकेर संवैधानिक संशोधन वा पुनर्लेखन मार्फत अघि बढ्ने रास्वपाको मार्गचित्रमा उल्लेख छ ।

बिज्ञापन

सोही प्रस्तावनामध्ये प्रदेश संरचना खारेजीको प्रस्तावप्रति जनअधिकार पार्टीले आपत्ति जनाएको हो । सो पार्टीका अध्यक्ष डा शरदसिंह यादवले विज्ञप्ति जारी गर्दै रास्वपाको महाधिवेशनमा उपसभापति स्वर्णिम वाग्लेले प्रदेश खारेजीको प्रस्ताव गर्नु खेदजनक भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश खारेज भनेकै संघीयता खारेजी हो यो प्रस्ट छ। सीमान्तकृत मधेशी, थारु, आदिवासी, जनजाति, र अल्पसङ्ख्यकहरूको सङ्घर्षबाट स्थापित सङ्घीयता कसैको पेवा होइन ।’

यस्तै जनमत पार्टीले समेत सो प्रस्तावको विरोध गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले रास्वपाको महाधिवेशन बन्दसत्रमा वाग्लेले पेस गरेको प्रदेश सभा खारेजी प्रस्तावको विरोध गरेको हो। ‘सबै पार्टीले आआफ्नो राजनीतिक एजेण्डा लिन स्वतन्त्र छन्, कसैले राजतन्त्रको पुनर्स्थापनालाई लिएका छन् भने कसैले प्रदेशको खारेजी। त्यसैले अरू पार्टीले के एजेण्डा बोक्छन् त्यो पार्टीको आन्तरिक कुरा होला। त्यसैगरी कुनै पार्टीले प्रदेश सभा खारेजीको एजेण्डा राख्नेबित्तिकै प्रदेश सभा खारेज हुने होइन, किनकि अहिलेको सरकारबाट संविधान संशोधन हुन सक्दैन, त्यसैले कोही तुरून्तै आत्तिहाल्नु पर्ने अवस्था चाहिँ होइन,’ अध्यक्ष राउतले लेखेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

बिशेष