ओली सरकारका खास,वालेन सरकारका आसपास

२० जना कर्मचारी ट्रेड युनियनवालाहरुलाई डाडाँ कटाएर सुशासनको क्षेत्रमा व्यापक रिर्फम गरिरहेको चर्चा परिचर्चा भइरहँदा केपी ओली सत्तामा हुँदा राज गरेका कर्मचारीहरु नै अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हर्ताकर्ता रहेको पाइएको छ । वालेन सरकारले सिंहदरबार नछाड्ने पाँच हजार बढी कर्मचारीको सूची तयार पारेर तिनलाई दुर्गममा खटाउने उद्घोष गरेको भए पनि अहिले दर्जनौं कर्मचारीहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आठ बर्षसम्म दायाँ बायाँ हुन परेको छैन । तिनै कर्मचारीहरुलाई प्रधानमन्त्री कार्यालयको साथ र आड रहेको पाइन्छ । जस्तो सहसचिव शिवानी दाहाल पाँच बर्षदेखि प्रधानमन्त्री कार्यालयमा राज गरिरहेकी छिन् । यस्का अलवा केपी ओली सत्तामा हुँदा लाभ लिएका उपसचिव,शाखा अधिकृत,नासुहरु नै प्रधानमन्त्री वालेन साहको वरपर रहेको पाइएको छ ।

बिज्ञापन

केपी शर्मा ओली सत्तामा छँदा उनकै वरपर रहेर राज गरेका कर्मचारीहरु नै अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘कोर टिम’मा रहेको पाइएको छ । विगतमा ओली पटक पटक प्रधानमन्त्री हुँदा उनको सचिवालयमा बसेका कर्मचारीहरु नै अहिले प्रधानमन्त्री वालेन शाहको सचिवालयमा कार्यरत रहेको पाइएको छ । ओली प्रधानमन्त्री हुँदा उनको निजी सचिवालयमा बसेका विष्णुप्रसाद सुवेदीदेखि झविन्द्र पाण्डे,नविन लामिछानेसँग अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । पर्वतका विष्णुप्रसाद सुवेदी नेकपा एमाले निकट कर्मचारी संगठनका केन्द्रीयस्तरका नेता हुन । अहिले वालेनको क्याविनेट हेर्दै आएका उपसचिव विष्णुप्रसाद घिमिरे ओली प्रधानमन्त्री हुँदा देखि सात बर्षदेखि त्यहीँ कार्यरत रहेका छन् । यस्तै,०७३ मा उपसचिव भएका सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै २०७५ सालदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । अहिले सामाजिक विकास शाखामा कार्यरत छन् ।

बिज्ञापन

यस्का अलवा हेलो सरकार कमाण्ड गरिरहेका उपसचिव कृष्ण सापकोटा तिनै कर्मचारी हुन,जो एकनारायण अर्याल मुख्यसचिव हुँदा उनका निजी सचिवालयमा कार्यरथ थिए । यस्का अलवा तथ्याङ्कको उपसचिव कमल पौडेल दुई वर्षभन्दा बढी समयदेखि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भौतिक पूर्वाधार शाखा हेर्ने उपसचिव राजन भट्टराईका अलवा अहिले प्रादेशिक समन्वय, राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मामिला शाखामा कार्यरत शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डे प्रधानमन्त्री कार्यालयमै छन् । यस्तै एकनारायण अर्याल गृह सचिव हुँदा निजी सचिव (पिए) बसेका नविन लामिछाने उनी मुख्यसचिव भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छिरेका थिए । लामिछाने अहिले आर्थिक मामिला शाखामा कार्यरत छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन शाखा कार्यरत छविकार शालिकराम कोइराला उक्त कार्यालयका सदाबहार कर्मचारीका रुपमा चिनिन्छन् ।

केपी शर्मा ओली सरकारको कोर टिममा बसेर महत्त्वपूर्ण भूमिका खेलेका केही कर्मचारी अहिले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै कार्यरत छन्। उक्त विषयमा सरकारले ध्यान दिएको देखिँदैन् । उसो त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत विवादित कर्मचारीहरु राखिएको छ । सो मन्त्रालयमा कार्यरत शाखा अधिकृत संजीव नेपालविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी पुगे पनि तिनलाई समेत संरक्षण गरिएको कर्मचारीहरुको आरोप छ । ७५ सालदेखि सिंहदरबार नछाडेका र हाल सामान्य प्रशासनमार्फत कर्मचारी सरुवामा रमाइरहेका उनीविरुद्ध प्रधानमन्त्री कार्यालयमा परेको उजुरीमा नेपाल अध्यागमन विभागमा कार्यरत रहँदा भिजिट भिसा प्रकरणमा विभिन्न ट्राभल एजेन्सीहरूसँग आर्थिक लेनदेन गरेको, प्रभाव र पहुँचको प्रयोग गरी गैरकानुनी लाभ लिएको भनिएको छ । उजुरीकर्ताले कर्मचारी सरुवा तथा पदस्थापनामा आर्थिक चलखेल गरेको, रकम लिने कर्मचारीलाई आकर्षक कार्यालयमा पठाउने र आर्थिक लेनदेन नगर्ने कर्मचारीलाई दुर्गम क्षेत्रमा सरुवा गराउने कार्यमा समेत संलग्न रहेको दाबी गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष