अवकाशको मुखमा अपमान

विगतका सरकारले अवकाशमा जान लागेका कर्मचारी खुशी भएर जाओस् भन्ने शुभेच्छा विगतका सरकारहरूले राख्ने गरेका थिए । तर वर्तमान सरकारले भने अवकाशका मुखमा रहेका कर्मचारीहरुलाई धरपकड गर्ने,जगेडामा राख्ने,सरुवा गरिदिने लगायतका गतिविधि गर्न थालेको छ ।

बिज्ञापन

हालैमात्र प्रधनामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थप ६ जना सचिवहरुलाई तानिएको छ । यसरी प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिएकामध्य् केही सचिवहरु असारमै घर जानेछन् । असार पहिलो हप्ता अनिवार्य अवकाशमा जान लागेका ऊर्जा सचिव चिरञ्जिवी चटौतको सरुवा यसैको नमूना हो । दुई हप्ता पनि कार्यकाल नभएका चटौतलाई सरुवा गर्नु सामान्य ज्ञानकै कमी हो भन्छन्,प्रशासकहरु । ऊर्जा मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा पुगेका सचिव चिरञ्जीवी चटौत असार १४ गते अनिवार्य अवकाशमा जाँदैछन्। अवकाशको तीन साता बाँकी हुँदा उनी सरुवामा परे । यस्तै,उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका कृष्णहरि पुष्कर असार २३ मा अनिवार्य अवकाशमा जानेछन् । म्यासेज पठाएको झोँकमा सचिवलाई प्रहरीको केरकारमा लैजाने प्रधानमन्त्रीले विज्ञतासमेत नहेरी सचिवहरूको सरुवा कुन स्वार्थमा एक हप्ता लगाएर गर्नु परेको होला भनेर सिंहदरवारमा चर्चा शुरु भएको छ । ‘कुन समूह हो भन्ने फाइनल त भएको छैन तर सचिव सरुवा स्वार्थ समूहकै कारण हो ।’ स्वार्थ समूह सक्रिय हुन्थेन भने यसरी सरुवा हुँदैनथ्इो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका लोकनाथ पौड्याल अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष पूरा भएर पौड्याल साउन ६ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। यस्तै सचिव हरिप्रसाद मैनाली अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५ वर्ष सचिव खाएर घर जाने सूचीमा छन्। वन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव गोविन्दप्रसाद शर्मा पनि साउनभित्रै अवकाशमा जाने सूचीमा छन्। ५ वर्ष सचिव चलाएर उनी साउन २४ गते अनिवार्य अवकाशमा जान लागेका हुन्।

बिज्ञापन

स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव डिल्लीराम शर्मा अवकाशमा जाने सूचीमा छन्। शर्मा ५ वर्ष सचिव खाएर भदौ २ गतेबाट अनिवार्य अवकाशमा जान लागेका हुन्। असारमा मुख्यसचिवसहित ६ सचिव, साउनमा ४ सचिव, भदौमा २ सचिव, असोजमा ४ सचिव अवकाशमा जाँदैछन् । यसरी प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिएहरु कोही पनि दशैंसम्म रहन्नौं । अवकाश हुने बेलाको यो हेपाई कसरी सहने हो ? यस्तै रवैया रहेको खण्डमा सिंहदरवारमा बिद्रोह हुन समय नलाग्ने उनले बताए । उनका अनुसार सचिव सरुवामा देखिएको बेथितिबाट स्वार्थ समूहले नयाँहरूलाई पनि समाएको देखिएको छ ।

जेठ १९ गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दा प्रवक्ता सस्मित पोखरेलले एक निर्णय लुकाए । त्यो थियो– नेपाल सरकारका सचिवहरूको पदस्थापन तथा जिम्मेवारी । कार्यविभाजन नियमावली संशोधनमार्फत मन्त्रालयको संख्या २२ बाट १८ मा झारिएको थियो । मन्त्रालय एक आपसमा गाभिएका पनि थिए । रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति तथा पर्यटन मन्त्रालयबाहेक अरुको नाम कुनै न कुनै रूपमा फेरिएको थियो । कार्यविभाजन पनि फेरिने भएको कारण सचिवहरूलाई नयाँ नियुक्ति दिनुपर्ने हुन्थ्यो । यसका साथै सोही बैठकले एक मन्त्रालय, एक सचिव मात्र राख्ने निर्णय गरेको थियो । स्वास्थ्य, अर्थ, शिक्षा, उद्योग, कृषि र ऊर्जा मन्त्रालयमा पहिलादेखि नै दुई सचिवको दरबन्दी थियो । भूमिमा संघीय मामिला गाभिएपछि दुई जना सचिव हुने भए । कृषिमा वन गाभिएपछि सचिवको दरबन्दी तीन जनाको भयो । यी सबैलाई मिलाउने गरी मुख्य सचिवले तयार पारेको लिष्टमा टिपेक्स लगाइएको स्रोतको दावा छ ।

बिज्ञापन

बाग्मती प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएका भुपाल बराल मधेश पठाइने धम्कीसँगै फेरि गण्डकी प्रदेशतिर लखेटिएका छन् । प्रदेशबाट सिंहदरवार आएर फेरि प्रदेशै जाने उनी पहिलो सचिव हुन् । २०७४ सालपछि पहिलो पटक यस्तो भएको प्रधानमन्त्री कार्यालयका एक सचिवले बताए । मापदण्ड र विज्ञता नहेरी मनलाग्दी सरुवा गरिएको छ, प्रधानमन्त्री कार्यालयमा पनि हुल खडा गरिएको छ । ‘पहिला सहसचिवसम्म बरण्डामा हुने गरेका थिए ।’ प्रधानमन्त्री कार्यालयका एक सचिवले भने, ‘अब हामी सचिव पनि बरण्डामा बस्ने दिन आए, यसबाट सुशासन कसरी आउने रहेछ ? ’ उनका अनुसार प्रधानमन्त्रीको सचिवालयले सचिवहरूलाई केही नजानेको, यसै जागिर खाएको जस्तो व्यवहार गर्ने गरेको छ । सचिवालयका कति व्यक्तिले सचिवलाई समेत हकार्ने गरेको उनले बताए ।

‘नयाँहरूले नयाँ गर्ने भनेको त झन मनलाग्दी पो रहेछ ।’  निजामती प्रशासनबाहेक इन्जिनियर, कृषि, वन, परराष्ट्र, कानुन सेवा समूहका सचिवहरू विषयगत मन्त्रालयमा हुन्छन् भन्ने सामान्य जानकारीसमेत मन्त्री र प्रधानमन्त्रीको सचिवालयले नलिएका कारण बेथिती देखिएको उनले बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष