सरकारले स्थायी सरकारको मेरुदण्ड मानिने मन्त्रालय तथा सरकारी निकायका सचिवहरुलाई हावाकावा खेलाउन छाडेको छैन । आफ्नो इच्छाअनुसार मन्त्रीहरुले सचिव फेर्न थालेपछि उनीहरु फुटबल खेलमा हानिएको भकुण्डोजस्तै भएका हुन् ।
बिज्ञापन
गठबन्धन फेरिएसँगै चौथो लटमा सरकारले थप पाँच जना सचिवहरुको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ । यस्तै, महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा पठाइएको छ । उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुगेका छन् ।
बिज्ञापन
सत्ता र नेतृत्व फेरिने वित्तिकै स्थायी सरकार मानिने कर्मचारीलाई भकुण्डो बनाउने रोगबाट यो सरकार पनि अछुतो रहेन । गत फागुन अन्तिम साता काँग्रस,माओवादीको गठबन्धन टुटेर नयाँ गठबन्धन बनेको महिना दिनमै २२ जना सचिवहरु सरुवामा परेका छन् । काँग्रेस र माओवादीको संयुक्त गठबन्धनको सरकार परिवर्तन भएर एमाले,माओवादी,समाजवादीसहितको संयुक्त गठबन्धनको सरकार बने यता महिना दिनमै २२ जना सचिवहरु हेरफेर भएका छन् । गठबन्धन परिवर्तन भएसँगै दोश्रो पटक बसेको क्याविनेट बैठकले गृहसचिवमा एकनारायण अर्याललाई लगेर त्यहाँका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको थियो ।
अर्को लटमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदय सापकोटाको सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाएर त्यहाँका सचिव फणीन्द्र गौतमको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा ल्याइएको थियो भने तेश्रो लटमा १३ जना सचिवहरु सरुवामा परे । वित्त आयोगबाट कृष्णबहादुर राउतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,उद्योग मन्त्रालयमा उद्योग हेर्ने सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालय, नारायण प्रसाद शर्मा दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको थियो भने मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएको थियो । यस्तै भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्माको ऊर्जा आयोगमा पुर्याएर त्यहाँ गोपाल प्रसाद सिग्देल, जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडी सिँचाइमा,उपराष्ट्रपतिको कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लगिएको थियो ।
बिज्ञापन
यस्तै बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्यायले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,नेपाल ट्रष्ट विश्ववावु पुडासैनीलाई विज्ञान तथा प्रविधि र त्यहाँका सचिव प्रमिलादेवी बज्राचार्यलाई नेपाल ट्रष्टमा पुर्याइएको थियो ।
गठबन्धन परिवर्तन भएसँगै चौथो लटमा थप ५ सचिवहरु हेरफेर भएका हुन । अझैं संघमा उपराष्ट्रपति कार्यालय सचिवविहिन छ भने तीन वटा प्रदेश प्रमुख सचिवविहिन अबस्थामा चलिरहेका छन् ।