सरकारी वेबसाइटबाट प्रवक्ता र सूचना अधिकारी वेपत्ता

सुशासनको चर्काे वकालत गर्ने सरकारका सिंहदरबारका शासक र प्रशासकहरुले नै सूचनाको हकसम्बन्धी निर्देशिकालाई लत्याउँदै आएको पाइएको छ । यस्का अलवा कतिपय सरकारी निकायले त प्रधानमन्त्री कार्यालयको निर्देशन समेत लत्याइरहेको पाइएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सबै सार्वजनिक निकायलाई आफ्ना कर्मचारीको विवरण अद्यावधिक गर्न र नागरिकका गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएको थियो । सरकारी कार्यालयका टेलिफोन नउठ्ने र वेबसाइटमा राखिएका सूचना पुरानो भएको व्यापक गुनासो आएपछि कार्यालयले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै विवरण अद्यावधिक गर्न भनेको छ । परिपत्रमा सार्वजनिक निकायका वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीको विवरण नियमित रूपमा अद्यावधिक गर्न भने पनि कतिपय सरकारी निकायबाट सरुवा भइसकेका कर्मचारीको विवरण नै अद्यावद्यिक गरिएको पाइँदैन भने कतिपय सरकारी निकायले न त प्रवक्ता न सूचना अधिकारीकै नम्बर राखेको पाइन्छ ।
संविधानले नै प्रत्यायोजन गरेको सूचनाको हकसम्बन्धी कानुनलाई लत्याएका छन्,दर्जनौं मन्त्रालय र निकायहरुले । सरकारी निकाय राष्ट्रिय सूचना आयोगले,सरकारी निकायले प्रवक्ता,सूचना अधिकारी तोक्नुपर्ने र तिनका गतिविधि तथा जानकारी चाहिएको खण्डमा तिनैमार्फत सार्वजनिक हुनुपर्ने नीति अख्तियार गरेको छ । तर दूरदराजका सरकारी निकाय होइनन् कि सिंहदरबारभित्रकै सरकारी मन्त्रालयको वेब साइडबाटै सूचना अधिकारी र प्रवक्ताको सम्पर्क नम्बर गायब बनाइएको केही उदाहरण भेटिएका छन् ।

बिज्ञापन

नेपालको संविधानको मौलिक हकको धारा २७ मा प्रत्येक नागरिकलाई सूचनाको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । सरकारी निकाय राष्ट्रिय सूचना अयोगले समेत सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ बमोजिम सूचना अधिकारीकोकाम, कर्तव्य र जिम्मेवारी सम्वन्धी निर्देशिका, २०७३ जारी गरेर सरकारी कार्यालयले त्यहाँका गतिविधि तथा जानकारी सरल र सहज ढंगबाट जनतामाझ पुर्याउनका लागि भन्दै प्रवक्ता र सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था गरेको छ ।
सोही व्यवस्था अनुसार सिंहदरबारका अधिकांश मन्त्रालयले प्रवक्ता र सूचना अधिकारी त तोकेको छन् तर तिनका मोवाइल नम्बर त्यहाँ समावेश गरेको देखिदैन । कतिपयका अफिसियल ल्याण्ड नम्बर मात्र त्यहाँ उपलव्ध गरिएको छ । प्रवक्ता र सूचना अधिकारी तोकिए पनि तिनका नम्बर चाहिएको र भनेको समयमा उठ्दैन ।

बिज्ञापन

जस्तो कानुन मन्त्रालयमै यस्तो निर्देशनको उल्लंघन भएको भेटिन्छ । अझै उपभोक्ता हित संरक्षण विभाग लगायतका दर्जनौं निकायमा समेत मन्त्रालयले अझैं पनि मन्त्रालयको प्रवक्ता र सूचना अधिकारीको मोवाइल नम्बर सार्वजनिक गरेका छैनन् । सबैभन्दा बिजोग त युवा तथा खेलकुद मन्त्रालयको देखिन्छ । जहाँ मन्त्रीको मात्र विवरण देख्न पाइन्छ । पदाधिकारी तथा कर्मचारीको विवरण गायब छ । यस्तै हबिगत छ,कानुन मन्त्रालयको । त्यहाँको प्रवक्ताको रुपमा दलबहादुर अधिकारीलाई तोकिएको छ तर उनको मोवाइल नम्बर वेपत्ता पारिएको छ । सूचना अधिकारीका रुपमा भूमिनन्द अधिकारी छन्,उनको सम्पर्क नम्बर राखिएको छ । उता बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा त्यही ल्याण्ड नम्बर समेत राखिएको छैन । जहाँ महानिर्देशक मोतिराम सापकोटा छन् अनि सूचना अधिकारी निर्माण कुमार कार्की । प्रवक्ताको समेत नम्बर राखेको छैन,सो विभागले । यस्तै हविगत छ स्वास्थ्य सेवा विभागको । जहाँको महानिदर्शेक छन्,डा केशरबहादुर ढकाल र सूचना अधिकारी तोकिएको छ,मोहन प्रसाद कोइराला । प्रवक्ता र सूचना अधिकारीको मोबाइल नम्बर गायब गर्ने सरकारी कार्यालयमा यो पनि थपिएको छ ।

सिंहदरवारभित्र मात्र होइन, त्यसभन्दा बाहिर रहेका सरकारी कार्यालयहरुमा पनि प्रवक्ता वा सूचना अधिकारीको व्यवस्था छ । तर, अधिकांश प्रवक्ताले सहज ढंगले फोन उठाउँदैनन् । उठाए भने पनि सत्यतथ्य सूचना दिनुको साटो लुकाउनतिर उद्यत हुन्छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

म्यानपावरमा मन्त्रीको पिए आतंक

सरकारी वेबसाइटबाट प्रवक्ता र सूचना अधिकारी वेपत्ता

महिला मन्त्रीबाटै लखेटिए महिला कर्मचारी

प्रधानमन्त्रीले प्रेम राईलाई ‘नत्र राम्रो हुँदैन’ भनेर थर्काएपछि समातिए राहदानी विभागका महानिर्देशक

चलचित्र भागदौड यहि असार २६ गते प्रदर्शनमा आउने

प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारी एकै पटक निलम्बित

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

बिशेष