महिला मन्त्रीबाटै लखेटिए महिला कर्मचारी

   महिला मन्त्रीबाट महिला कर्मचारीहरु लखेटिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको पालामा एउटा विषय निकै चर्चित थियो– संघीय मामिला मन्त्रालय महिलाहरूले हाँकिरहेको । रामेश्वर खनाल सामान्य प्रशासनमन्त्रीसमेत थिए । अर्थ मन्त्रालयमा बस्थे र संघीय मन्त्रालयको बागडोर कर्मचारीलाई जिम्मा लगाएका थिए । विभागीय मन्त्रीले कर्मचारीलाई विश्वास गर्नुपर्छ भन्ने मानक बसाल्न खोजेका थिए । रविलाल पन्थलाई सरुवा गरेर पहिलो महिला सचिवको रुपमा चन्द्रकला पौडेल सामान्य प्रशासनमा भित्रिइन नीता पोखरेल,पार्वती शर्मा र मीरा आचार्यहरु सोही मन्त्रालयमा थिए । ६ वटा महाशाखामध्ये ३ वटा शाखाको प्रमुख महिला सहसचिवहरुलाई जिम्मेवारी दिइदा कर्मचारी सरुवामा हुँदै आएको विकृती करिब करिब अन्त्यको स्थितिमा थियो । तर फागुन २१ को निर्वाचनमार्फत बालेन्द्र साहको नेतृत्वमा सरकार बन्यो । संघीय र सामान्य प्रशासनमन्त्री भइन् प्रतिभा रावल । त्यहाँकी मन्त्री, सचिव र सहसचिव जम्मै महिला नै थिए । घुस, सेटिङ, अनियमितता र बिचौलियाको खेल न्यूनीकरण भएको थियो । यही मान्यतालाई सीपीएको भूमिकामा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सिंगो सरकारले उल्ट्याइदिएको छ— र त्यो पनि महिला मन्त्रीकै प्रयासमा ।

बिज्ञापन

यसरी सुशासन कायम भएको,महिलाको टिम भन्ने प्रशंसा स्वयं मन्त्रीलाई मन परेन । र, सहसचिवहरू पार्वती शर्मा र निता अर्याललाई प्रदेशतिर पठाइदिइन् । पहिल्यै प्रदेशमा बसेर आएका सहसचिवहरूलाई यसरी दोह्रोएर प्रदेशमा खटाइएको हो । सामान्यतया सरकारले एकपटक प्रदेशमा बसिसकेका सहसचिवलाई फेरि प्रदेशमा नै सरुवा नगर्ने परम्परा रहँदै आएको छ । शर्माले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेशस्थित कार्यालयमा १३ महिना र पोखरेलले लोकसेवा आयोगको वाग्मती प्रदेशमा रहेर काम गरिसकेका कर्मचारी हुन । सहसचिवबाट शुरु भएको खेदाइ सचिव चन्द्रकला पौडेलसम्म आइपुग्यो । सामान्य प्रशासन मन्त्रालय गाभिएर भूमि व्यवस्था, सहकारी र सामान्य प्रशासन मन्त्रालय गठन भयो । अब यहाँबाट सचिव मदन भुजेल र चन्द्रकला पौडेलमध्ये एकको सरुवा हुने थियो । यस्तो बेला मन्त्रीले रोजिन् भुजेललाई र महिलालाई लखेटिन् । चन्द्रकला पौडेलको सरुवा भयो उपराष्ट्रपति कार्यालयमा । अहिले सो मन्त्रालयका सचिव मदन भुजेल र सहसचिवहरुमा संघीय मामिला तथा योजना तथा विकास सहायता महाशाखा प्रकाश दाहालले हेर्दै छन् । यस्तै,क्षमता विकासमा डिलाराम पन्थी,कर्मचारी प्रशासन महाशाखामा धोलकरामल ढकाल,प्रवक्ताको भूमिकामा एकदेव अधिकारी रहेका छन् ।
पछिल्लो समय अख्तियारले डामेकाहरूलाई ठाउँ दिने जालोमा मन्त्री रावल परेको कारण सुशासनको पक्षमा उभिने कर्मचारी एकपछि अर्को गरी खेदिन लागेको कर्मचारीहरूले बताएका छन् । ‘विगतका सरकारले सेटिङ गरे भनेको त अहिले झन डरलाग्दो सेटिङ हुँदैरहेछ ।’ अर्का सहसचिवले भने, ‘नतिजा नहेर्ने, क्षमता नहेर्ने, वरपर घुम्नेहरूलाई मात्रै प्राथमिकता दिने हो भने केको परिवर्तन ! बरु भने भइहाल्यो नि हामी पनि उस्तै हौं ।’ कर्मचारी सरुवामा भएका सेटिङ र उठ्ती–पुठ्तीहरू विस्तारै बाहिर आउने सरोकारवालाहरु बताउँछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष