निजामती विद्येयकमा ३०- ५५ प्रावधानबारे सांसदको प्रश्न,मन्त्रीको अस्पष्ट जबाफ

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती कर्मचारीको ३० र ५५ वर्षे उमेर हद सम्बन्धी विषय संसद्‌मा पेश भएपछि टुंगो लाग्ने भन्दै स्पष्ट जबाप दिनबाट तर्किएकी छिन् ।

बिज्ञापन

मन्त्री रावलले प्रस्तावित निजामती सेवा विधेयक अहिले प्रक्रियामै रहेको र संसद्‌मा प्रवेश गरेपछि आवश्यक छलफल तथा निर्णय हुने भन्दै यस विषयमा थप टिप्पणी नगरेकी हुन ।
बुधबार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको सम्बन्धि विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले निजामतीको ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर हदका आधारमा अनिवार्य अवकाश दिने सरकारको तयारी सम्बन्धमा सांसदहरुले सोधेको प्रश्नमा अस्पष्ट जबाफ दिएकी हुन् ।

बिज्ञापन

प्रस्तावित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पुगेको छ । सो विद्येयक झण्डै महिना दिनदेखि त्यतै अल्भिएको छ । संघीय मामिला र अर्थ मन्त्रालयको राय विपरित उक्त विधेयकमा ५५ र ३० को प्रावधान थप भएको प्रति संसद्‌हरुले उठाएको प्रश्नमा उनले विधेयकको मस्यौदा रायका लागि कानुन मन्त्रालयमा पठाइएको छ। विधेयक संसद्‍मा पेस भएपछि सबै विषयमा छलफल भइ सम्मानित सदनबाटै टुंगिने भन्दै स्पष्ट जबाफ दिइनन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष