सिचाँईको नक्कली सरकारी कार्यालय खोलेर दम्पत्तिको ठगी धन्दा

बर्दियाका एक दम्पतीले सरकारी कर्मचारीको आवरणमा कार्यालय नै खडा गरेर ठगी धन्दा चलाएको खुलेको छ । उनीहरुले बर्दियामा सरकारी कार्यालय नै नक्कली खडा गरी ठगी गरेको पाइएको छ । उर्जा,जलश्रोत तथा सिँचाई मन्त्रालय मातहतको एक कार्यालय खोलेर कर्मचारी भर्ना,घर भाडामा लिएर ठगी गरेको पाइएसँगै ती दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको हो । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बगनाहामा घनश्याम न्यौपाने र उनको पत्नी कृपा चौधरीले यसरी नक्कली कार्यालय खडा गरेर ठगी गरेको पाइएको हो । उनीहरुले प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको नक्कली सरकारी कार्यालय सन्चालन गरेर ठगी गरेको पाइएको हो । उनीहरुले नक्कली सरकारी कार्यालय खोलेर स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्ति दिएको, विभिन्न ज्यालादारी काममा लगाएको र ज्याला भुक्तानी नगरेको खुलेको थियो ।

बिज्ञापन

साइनबोर्ड, लेटरप्याड र छाप समेत नक्कली बनाएर स्थानीयलाई जागिर वा रोजगारी दिने नाममा ठगी गरेको घरधनीको उजुरीको आधारमा ती दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

प्रहरीका अनुसार,कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाएर भुक्तानी नदिएको आरोप समेत छ । सम्बन्धित घरधनीबाट जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले जेठ २० गते ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–५ निवासी अन्दाजी २३ वर्षीया कृपा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीको २२ सल्लाहकार भर्तीको प्रस्ताव,मुख्यसचिवद्धारा होल्ड

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

कार्यालय प्रमुख र सवारी चालकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पिरामिड शैलीको दरबन्दी संरचना नहुँदा मारमा कर्मचारी,मुख्यसचिवलाई बुझाए ज्ञापन

परदेशमा म एक एक्लो यात्री

ठेकेदारलाई मस्ती,रसुवाबासीलाई बर्षेनी सास्ती

बिशेष