एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

सरकारले एकै लटमा ठूलो संख्यामा कर्मचारीहरु घर पठाउने तयारी गर्दैछ । प्रशासनिक रिफर्मको नाममा १५ हजार कर्मचारीलाई घर पठाउन लागिएको हो,संघीय निजामती सेवा विद्येयकमार्फत । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रस्तावित विधेयक भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानून मन्त्रालयमा पठाएको हो । विधेयकको मस्यौदामा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव गरिएको हो । अहिले ५५ वर्षभन्दा माथिका करिब ७,२००, ३० वर्षभन्दा बढी सेवा अवधि पुगेका करिब ५,२०० र दुवै मापदण्ड पूरा गर्ने थप करिब ३,००० कर्मचारी रहेका छन् । विद्येयकको मस्यौदामा अनिवार्य अवकाश योजना (सिआरएस) र स्वैच्छिक अवकाश योजना (भिआरएस)सम्बन्धी व्यवस्था छ ।

बिज्ञापन

यो व्यवस्था पारित भएमा हाल सचिव तहमा रहेका ६५ जनामध्ये ३२ जना ५५ बर्षे , ३० वर्ष सेवा पूरा गरेका २० जना घर जानेछन् । यस्तै सहसचिव तहमा कार्यरत रहेका ६सय कर्मचारीमध्ये १८० जना ५५ बर्षे र ३० वर्ष सेवा पूरा गरेका ८८ जना,उपसचिव तहका ५०१ जना ५५ बर्ष लागेर ३० वर्ष सेवा पूरा गरेका २५९ जना अवकाशमा जानेछन् । श्रेणीगत र तहगत रुपमा गरि करिब साढे १५ हजार कर्मचारी सेवाबाट बाहिरिने प्रारम्भिक आकलन छ । बदलिँदो परिस्थितिमा पुराना कर्मचारीबाट अपेक्षित काम नभएको भन्दै तिनलाई हटाएर नयाँ भर्ना गर्ने योजनाअन्तर्गत सरकारले यसको प्रस्ताव अघि बढाएको हो । यसरी भएका पूराना र अनुभवी कर्मचारीहरुलाई नयाँ भर्ती गर्ने हो भने एकातिर राज्यले अनुभवी कर्मचारीहरु गुमाउँछ भने अर्काेतिर अर्बाै रकम ती कर्मचारीको नाममा खर्च गर्नुपर्ने हुन्छ ।

बिज्ञापन

निजामती सेवामा प्रवेश गरेका नवप्रवेशी अधिकृतलाई ६ महिना तालिम दिइन्छ । एक जना शाखा अधिकृत बनाउँदा राज्यले कति लगानी गर्दछ ? जानकारहरुका अनुसार एउटा शाखा अधिकृत बनाउँदासम्म उ माथि राज्यको झण्डै १० लाखभन्दा माथि लगानी हुन्छ । पूर्व प्रशासकहरुका अनुसार,परीक्षा सञ्चालन,कपी परीक्षण,डबल कपी परीक्षण,सेम्पल टेष्ट लगायतका नाममा खर्च हुन्छ,राज्यको । प्रश्नपत्र निर्माण,प्रत्येक कपीमा छुट्टाछुट्टै कोर्ड राख्ने नाममा ठूलो रकम राज्यले खर्चन्छ । यस्तै इन्टरभ्यु लिनका लागि विज्ञसहितको बोर्ड नै हुन्छ । उनीहरुको भत्तामा ठूलो रकम खर्च हुन्छ ।

यस्तै अन्तर्वार्ताका चरण पूरा भएपछि रिजल्ट निकाल्ने बोर्ड बस्छ । उक्त बोर्डको भत्तामा पनि ठूलो रकम खर्च हुन्छ । परीक्षा उत्र्तीण भएकाहरुका हकमा उनीहरुलाई कम्तिमा ६ महिना दिइन्छ । स्टाफ कलेजमार्फत गरिने उक्त कोर्स पुरा गर्दा राज्यले एक जना अधिकृतका लागि करिब १२ लाख लगानी गर्छ । तर सरकारले यथार्थ खर्च राख्ने गरेको छैन ।

बिज्ञापन

निजामती सेवामा नियुक्ति लिइसकेका शाखा अधिकृत, उपसचिव र सहसचिवहरूका लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आधारभूत प्रशासनिक तालिम (बीएटी) संचालन गर्छ । ६ महीनाको बीएटी तालिममा एक शाखा अधिकृत बराबर झण्डै १० लाख खर्च हुने प्रशासनिक प्रशिक्षणका अधिकारीहरु सुनाउँछन् । सरकारले कर्मचारीबाट काम लिनकै लागि ठूलो धनराशी खर्च गरेर तालिम, अध्ययन–अनुसन्धान र भ्रमणको अवसर दिएको हुन्छ । एउटा कर्मचारीले अफिसरबाट सचिव हुँदासम्म उस्लाई राज्यले चार वटा तालिम दिन्छ ।
पूर्व प्रशासकहरुका अनुसार एकजना निजामती सेवामा प्रवेश गर्ने व्यक्ति सचिव बन्दासम्म तलब भत्ता बाहेक ३ करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ । यो खर्चमा एउटा शाखा अधिकृत सचिव बन्दासम्म ऊ सहभागी हुने तालीम, अबलोकन भ्रमण, अभिमुखीकरणलगायत समावेश हुन्छ । अधिकृतबाट उपसचिव बन्न प्रत्येक अधिकृतले एक महिनाको सेवाकालिन तालिम लिनुपर्छ । उपसचिवले सहसचिवका लागि फेरि अर्को एक महिनाको तालिम लिनुपर्छ ।

यस्तै सचिवमा बढुवाका लागि पनि एक महिनाको स्टाफ कलेजको तालिम चाहिन्छ । यी सबै तालिमका लागि प्रतिकर्मचारी करिब २० औं लाख खर्च हुने स्टाफ कलेजका अधिकारीहरु सुनाउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नेपाल एसबीआई बैंकभित्र समस्या नै समस्या

कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित

हुलाकी सडकको एउटा सानो पुल, जसले जोड्यो दुई किनारा मात्र होइन, स्थानीयको वर्षौंदेखिको प्रतीक्षा

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

बिशेष