६ हजार ५८ कर्मचारीद्धारा विदा दुरुपयोग,तीन दिनभित्र हाजिर अद्यावधिक नगराए कारबाही

निजामती कर्मचारीहरुले बिदा दुरुपयोग गरेको पाइएको छ । कर्मचारीहरुको अभिलेख राख्दै आएको निजामती किताबखानाको अनुसार सात हजार ५१ कर्मचारीहरु अहिले बिदामा छन् । कर्मचारीहरुले अध्ययन बिदा अन्तर्गत तलबी अध्ययन बिदा,बेतलबी बिदा पाउने गर्दछन् । यस्तै असाधरण बिदा,असाधरण तलबी बिदा र बेतलबी बिदा सुविधा पाउने गर्दछन् । जस अनुसार,असाधारण, तलबी असाधारण, तलबी अध्ययन, बेतलबी अध्ययन र बेतलबी बिदा लिने कर्मचारीको संख्या हो । विभिन्न पाँच प्रकारका बिदाको विवरण केलाउँदा  कतिपय कर्मचारीले बिदा सुविधा दुरुपयोग गरेको आशंका  पछि भूमि व्यवस्था, सहकारी ,संघीय मामिला तथा सामान्य मन्त्रादलयले विभिन्न् मन्त्रालय,कार्यालय,आयोगका कर्मचारी प्रशासन महाशाखा र शाखा हेर्दै आएका प्रमुखहरुलाई बोलाएर यस बिषयमा कडाइ गर्न चेतावनी दिएको छ । विदामा बसेर सम्पर्कविहीन भएका कर्मचारीको अभिलेख तत्काल शुद्धीकरण गर्न र कैफियत देखिए बर्खास्त गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

बिज्ञापन

किताबखानाको अभिलेख प्रणालीअनुसार तलबी अध्ययन बिदा लिने कर्मचारीको संख्या चार हजार ३२ जना रहेको छ ७३१ जनाको मात्रै वैधानिक अवस्था पुष्टि भएको, बाँकी ३ हजार ४ सय १ जनाको अवस्था अज्ञात छ । त्यस्तै, यस्तै अध्ययन  बिदा बेतलबीमा बसेका १४४५ जना कर्मचारीहरुमध्ये १६७ जनाले मात्र अभिलेख शुद्धीकरण गराएका छन् अर्थात तिनका बिदा वैद्यानिक देखिएको छ । यस्तै असाधारण बिदामा बसेका १४४९ कर्मचारीहरुमध्ये किताबखानामा ९५ जना कर्मचारीको मात्र अभिलेख अपडेट गराएका छन् । बेतलबी बिदामा रहेका १८ र असाधरण बिदामा सात जना कर्मचारीहरु रहेका छन् ।यस हिसाबले बिदामा रहेका ७०५१ जना कर्मचारीहरुमध्ये ९९३ जना मात्र वैद्यानिक रहेको र बाँकी ६ हजार ६८ कर्मचारीहरु सम्पर्कमा नरहेको जनाइएको छ ।

बिज्ञापन

सामान्य प्रशासन मन्त्रालयमा आयोजित छलफलमा १७ वटै मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिवहरू सहभागी थिए । छलफलमा मन्त्री रावलले अध्ययन, बेतलबी तथा असाधारण विदामा रहेका कर्मचारीको वास्तविक अवस्था यथाशीघ्र अद्यावधिक गर्न, कानुनविपरीत विदामा बसेका वा लामो समय सम्पर्कमा नआएका कर्मचारीमाथि आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र कर्मचारीको बिदासम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ । यसैबीच राष्ट्रिय किताबखाना (निजामती) ले बिहीबार नै १७ वटै मन्त्रालयलाई पत्राचार गर्दै आफ्नो मातहतमा विदामा रहेका कर्मचारीहरूको वास्तविक अवस्था, कार्यस्थिति र सम्पर्क विवरण तत्काल पठाउन भनेको छ ।

किताबखानाले सम्पर्कविहीन रहेका ६ हजार ५८ कर्मचारीको नामावलीसहित सम्बन्धित मन्त्रालयमा विवरण पठाइसकेको जनाएको छ । अब मन्त्रालयहरूले ती कर्मचारीको वास्तविक अवस्था पुष्टि गर्नुपर्नेछ । कानुनअनुसार विदामा नरहेको, लामो समयसम्म सम्पर्कमा नआएको वा सरकारी दायित्वबाट पूर्णतः अलग भएको पाइएमा त्यस्ता कर्मचारीमाथि विभागीय कारबाहीसहित बर्खास्ती प्रक्रिया अघि बढाइने तयारी सरकारले गरेको छ । किताबखानाको प्रारम्भिक विवरणअनुसार तलबी बिदामा ७३१ कर्मचारी छन् । बेतलबी अध्ययन बिदामा १६७ जना छन् । यसैगरी ९५ कर्मचारी असाधारण बिदामा देखिएका छन् । यसरी हेर्दा विभिन्न बिदामा रहेका कर्मचारीको संख्या ९९३ छ । किताबखानाको विवरणअनुसार बिदामा बस्ने अधिकांश कर्मचारी अध्ययन बिदामा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष