लेखा अधिकृतबाट यौन हिंसामा परेको भन्दै सरकारी अधिकृत मिडियामा

आफ्नै सहकर्मीबाट बलात्कृत भएको र अदालतले समेत प्रमाणको अन्देखा गरी पीडकलाई उन्मुक्ति दिएको भन्दै एक सरकारी अधिकृत मिडियामा आएकी छिन् ।
घटना दुई बर्ष अगाडिको हो । काठमाडौँस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारमा कार्यरत हुँदा २०८१ माघमा लेखा अधिकृतले आफूलाई बलात्कार गरेको उनको भनाइ छ । पीडित आफू पनि एउटै विभागको अधिकृतस्तरको कर्मचारी भएको हुँदा कार्यालयको कामले काठमाडौं आएको समयमा ती अधिकृतले करणी गरेको पीडितको भनाइ छ । उनका अनुसार २०८२ वैशाख १४ गते र ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाँदा प्रहरीले जाहेरी लिन निरुत्साहित गर्नुभयो, धेरै पटकपछि जेठ २७ मा प्रहरीमा जाहेरी दर्ता भएको उनको भनाई छ ।
जाहेरी दर्तापछि पक्राउ परेको ती लेखा अधिकृतलाई काठमाडौँ जिल्ला अदालतले ५ लाख धरौटीमा छडेको र उच्च अदालत पाटनमा जाँदा समेत तल्लो अदालतकै निर्णय सदर गरेको उनको भनाई छ । यस अघि जिल्ला हुँदै उच्च अदालत पाटनमा पुगेको प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेकी थिइन ।

बिज्ञापन

युवती आफूमाथि बलात्कार भएको व्यक्तिलाई धरौटीमा छाडेको भन्दै निवेदन लिएर २०८२ साउन ११ गते उच्च अदालत पाटन पुगेकी थिइन्।जिल्ला अदालत काठमाडौंले आरोपीलाई पुर्पक्षका लागि धरौटीमा रिहा गरेपछि उनी उच्च अदालत पुगेकी थिइन । उच्चका न्यायधीशद्धय ढालकुमार खड्का र अच्युत कुइँकेलको इजलासले युवतीको निवेदनमा जिल्लाकै आदेश सदर गरिदिएको थियो । जिल्ला अदालतले आरोपीलाई ५ लाख रूपैयाँ धरौटीमा छाडेको थियो।

बिज्ञापन

जिल्लाकै आदेशलाई सदर गरिदिएपछी परिसर बाहिर निस्किएर सरकारी वकिलको कार्यालय नजिकै विष सेवन गरेर आत्महत्याको प्रयास गरेकी उनै महिला कर्मचारीले आफ्नो सहकर्मीबाट बलात्कृत हुँदा समेत अदालतबाट न्याय नपाएको भन्दै मिडियामा आएकी हुन । उनले पोलेकी मैनाली बारा जिल्ला कोह्ल्बी नगरपालिका हनुमानगञ्ज स्थायी घर भएका लेखा अधिकृत हुन । उनी हाल कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा कार्यारत छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारले साढे ४ करोड अकुत सम्पत्तिमा डामेका उपसचिवलाई रसुवा भन्सारको जिम्मेवारी

लेखा अधिकृतबाट यौन हिंसामा परेको भन्दै सरकारी अधिकृत मिडियामा

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै

बीवाईडीको ‘कर चोरी’मा सघाएको खुलेसँगै विभाग तानिए रसुवाका प्रमुख भन्सार अधिकृतसहित चार कर्मचारी

अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा

बढुवा,नियुक्तिदेखि म्याद थपसम्म यस्ता छन् क्याविनेटका महत्वपूर्ण निर्णय

उपसचिवलाई चार पाँग्रे चढ्न ‘लुपहोल’ : अनुगमनको नाममा व्यापक दुरुपयोग

‘क्लिन चिट’ पाएर गृहमै फर्किदैछन् सुदन ? कुर्नुपर्नेछ अरु पाँच दिन

बिशेष