‘क्लिन चिट’ पाएर गृहमै फर्किदैछन् सुदन ? कुर्नुपर्नेछ अरु पाँच दिन

सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समितिको म्याद पाँच दिन थप गरेको छ ।
गत वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी गठित समितिलाई सार्वजनिक रुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो ।

बिज्ञापन

प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङमाथि दुईवटा माइक्रो लाइफ इन्स्योरेन्समा गरेको लगानीमाथि प्रश्न उठेको थियो । त्यस्तै उनीसँग रहेको ८९ तोला सुन, जग्गा र विभिन्न कम्पनीको सेयरलाई लिएर आम्दानीको स्रोतमाथि प्रश्न उठेको थियो । दुई वटा माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गरेकामा विवादास्पद व्यापारी दीपक भट्टसँगको सम्बन्ध रहेको आरोप लागेसँगै विवादमा तानिएका पूर्व गृहमन्त्री गुरुङमाथि छानबिन गर्न समिति गठन भएकोमा निर्धारित सयमभित्र प्रतिवेदन पेश गर्न नसकेका कारण आजबाट लागू हुने गरी पाँच दिन म्याद थप भएको हो । विवाद चर्किँदै गएपछि उनले गत वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

नेपाल टेलिकमको खरिदमा विदेश भ्रमणको खेल: हवाई टिकट, होटल र भत्तामा लाखौँ खर्चको हिसाब खोजियो

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

सार्वजनिक सेवा सुधार्न गृहको पाँच बुँदे परिपत्र

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

बिशेष