कार्यविभाजन नियमावली अनुसार सचिवको दरबन्दी मिलान र पदस्थापन हुने

सरकारले कार्यविभाजन नियमावली अनुसार राजपत्रांकित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार सचिवहरुको दरबन्दी मिलान र पदस्थापन गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

सरकारले हालैमात्र नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ लाई खारेज गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित जम्मा १८ वटा मन्त्रालय बनाएको छ । जसमा शिक्षा तथा खेलकुद, विज्ञान, प्रविधि तथा नवप्रवर्तन र स्वास्थ्य तथा खाद्य स्वच्छता जस्ता मन्त्रालयहरूको कार्यक्षेत्रलाई छुट्टाछुट्टै परिभाषित गरिएको छ ।

बिज्ञापन

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्रालय घटाएर १८ बनाउने निर्णय गरेको थियो । सोहीआधारमा राष्ट्रपतिले सरकारको फिसारिसमा बिहीबार मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका थिए । आजको मन्त्रिपरिषद्को बैठकले सोही कार्यविभाजन नियमावली अनुसार सचिवहरुका दरबन्दी मिलान र पदस्थापन गर्ने निर्णय गरेको हो ।

हालै जारी भएको नियमावली अनुसार प्रधानमन्त्री कार्यालयसहित ९ मन्त्रालय यथावत् राखिएका छन् भने समान प्रकृतिका मन्त्रालयहरूलाई गाभेर आठ मन्त्रालय कायम गरिएको छ । साबिकका ८ मन्त्रालयलाई यथावत् राखेको छ । केही मन्त्रालयलाई गाभेको छ भने एउटा नयाँ मन्त्रालय बनाएको छ । यसरी गाभिएका मन्त्रालयहरुको नाम परिवर्तनको काम धमाधम शुरु भएको छ । यसरी मन्त्रालयहरु गाभिँदा साबिकका ३ मन्त्रालयका भवन खाली हुने भएका छन् । यस अघि रहेका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय र सहरी विकास मन्त्रालयका भवन खाली हुने भएका हुन । मन्त्रालयको सङ्ख्या घट्दा सचिव र सहसचिव कामविहीन हुने देखिएको छ । अहिले चार सचिवहरु दरबन्दी कटौती हुने देखिएको छ ।

बिज्ञापन

खारेजी तथा मर्ज हुन लागेको मन्त्रालयमा हाल भूमिमा मदन भुजेल र सामान्य प्रशासन मन्त्रालयमा चन्द्रकला पौडेल सचिव रहेका छन्। यस्तै,सहरी विकास र खानेपानी मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गाभिएर भौतिक पूर्वाधार विकास मन्त्रालय बनेको छ। भौतिक र सहरी विकास मन्त्रालय अहिले सचिव गोपालप्रसाद सिग्देलले हेरिरहेका छन्। खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले चलाइरहेका छन् । यता कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्रालय गाभिएर कृषि, वन तथा पर्यावरण मन्त्रालय बनेको छ। कृषिमा राजेन्द्रप्रसाद मिश्र र वनमा गोविन्दप्रसाद शर्मा सचिव छन्। उक्त मन्त्रालयमा पशुपन्छी विकास हेर्ने सचिव दिपककुमार खराल अनिवार्य अवकाशमा गइसकेकाले दरबन्दी मिलान गर्न सहज भएको छ। यस्तै युवा तथा खेलकुद मन्त्रालय खारेज गर्दै युवाको पाटो श्रम र खेलकुद शिक्षामा लगिएको छ। युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्याल रहेका छन्। शिक्षा मन्त्रालयको सचिवको भूमिकामा चूडामणि पौडेल रहेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

शाखा अधिकृत हुँदा कसुर, सहसचिव छँदा मुद्दा

विज्ञापनको दस्तुर फिर्ता गर्ने प्रधानमन्त्री कार्यालयको परिपत्र

ब्याकडेट राखेर राजपत्रमा प्रकाशन भयो समता कर शुल्क खारेजको निर्णय

बिशेष